स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छः सिंह

स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छः सिंह

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्नु पर्ने बताएका छन्।

शनिबार किङकम स्पोट्स क्लबले आयोजना गरेको उपत्यका स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै का‌ंग्रेस पूर्व महामन्त्रीसमेत रहेका सिंहले स्थानीय तहको नसके स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नु पर्ने बताएका हुन्।

कुनै पनि बाहनामा निर्वाचन रोक्न नहुने भन्दै उनले स्थानीय तहको समस्या देखाएर निर्वाचन आलटाल गर्न खोजिए त्यो आफूहरुलाई मान्य नहुने बताए।

उनले संविधान कार्यान्वयनका लागि भएपनि निर्वाचनमा जान दलहरु इमान्दार बन्नु पर्ने बताए। उनले दलहरु अहिले तिक्तता र आरोप–प्रत्यारोपमा नलागेर एकजुट भएर चुनावमा जानु पर्ने बताए।

१५ दिनसम्म चल्ने प्रतियोगितामा ३६ टिम सहभागी रहेको आयोजकले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.