निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्छ: नेपाल

निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्छ: नेपाल

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिएका छन्।

प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा शनिबार काठमाडाैंमा आयोजित कार्यक्रममा उनले परिवर्तनका अभियन्ता दलले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न राष्ट्रिय दायित्वलाई पूरा गर्न राष्ट्रिय एकताको नयाँ माहोल सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन्।

'को मान्छ, को मान्दैन, कसले बहाना बनाउँछ भन्ने छाड्नुस् नत्र तपाईँलाई परिवर्तनका उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासले चित्रित गर्नसक्छ,' प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्दै उनले भने।

कार्यक्रममा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकलाई विखण्डन गर्न खोज्ने र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृत्तिको अन्त्यका लागि आफ्नो पार्टीले आगामी फागुन २१ गतेदेखि मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको बताए। उनले पेसागत र साझा संस्थाको मर्यादा र गरिमालाई उँचो राख्न पार्टी सदैव तत्पर रहेको स्पष्ट पारे। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.