सरकार चुनाव नगराउने षड्यन्त्रमाः ओली

सरकार चुनाव नगराउने षड्यन्त्रमाः ओली

धरान: एमाले अध्यक्ष केपी ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रको चुनाव गराउनुपर्ने भए पनि सरकारले पराजित मानसिकताका कारण मिति घोषणा नगरेको बताए ।

सुनसरी सदरमुकाम इनरुवामा शनिबार आयोजित सभामा ओलीले एमालेले देशभर चुनाव जित्ने डरले सरकार निर्वाचनबाट पछि हटेको बताए । राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौमिकतामाथि सतिसालझैं खडा भएका कारण देशभरका जनता एमालेमा प्रवेश गर्ने लहर चलेको भन्दै उनले पराजित मानसिकता त्याग्न कांग्रेस-माओवादी केन्द्रका नेतालाई आग्रह गरे । सरकार विदेशीको इशारामा चलेको दाबी गर्दै उनले भारतले निर्देशन नदिईकन पुष्पकमल दाहालले निर्वाचान मिति घोषणा नगर्ने दाबी गरे ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई भारतपरस्त भन्दै उनले अरूको निर्देशनमा चल्दा जुनसुकै बेला संवैधानिक र राजनीतिक संकट उत्पन्न हुनसक्नेतर्फ सजग गराए । तीनै तहको निर्वाचनपछि एमाले देशको एक नम्बर पार्टी बन्ने उनले ठोकुवा गरे ।

सधैं उखानटुक्का जोडेर भाषण गर्ने ओली शनिबार निकै गम्भीर रूपमा प्रस्तुत भएका थिए । उनले एमालेको निर्वाचन जित्ने अभियान फागुन १४ गते हुने स्ववियु निर्वाचनबाट सुरु हुने दाबी पनि गरे । मधेसवादी दलहरूले मधेसका जनताको अधिकारको नारा लिएर आन्दोलन गरे पनि उनीहरूले मधेसका जनताको ढाडमा टेकेर व्यक्तिगत स्वार्थपूर्तिको नारा लगाएको ओलीको आरोप थियो । मधेसको नारा उछाल्नेहरू दसौंपटक मन्त्री भए पनि मधेसका जनताको हित र विकासमा नलागेको उनले बताए ।

मधेसवादी दलले एमालेलाई मधेसविरोधी भनेपछि सुनसरी एमालेले जिल्लाको हरिनगरा, दुहबी, लौकही अमाहीबेलामा समेत आमसभा आयोजना गरेको थियो । यसअगाडिका चारवटै सभामा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध प्रयास गरे पनि इनरुवामा भने बिनाअवरोध कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.