हिमपहिरो र चिसोले ४२ अफगानीको मृत्यु

हिमपहिरो र चिसोले ४२ अफगानीको मृत्यु

काबुलः अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमवर्षापछि बढेको अधिक चिसो र हिमपहिरोका कारण पछिल्ला केही दिनयता भएका घटनामा ४२ जनाको मृत्यु भएको अफगानी अधिकारीले आइतबार बताएका छन् ।

मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा भीषण हिमपात भएको र थुप्रै स्थानमा दर्जनौं मानिस हिउँमा फसेका यहाँको प्रशासनले जनाएको छ । वादखास्तान प्रान्तमा मात्रै दुई बालकबालिका, एक महिलासहित १८ जनाको हिम पहिरोमा परी मृत्यु भएको यहाँका प्रान्तीय प्रवक्ता नवीद फ्रोटानले बताएका छन् । त्यस क्षेत्रमा फसेका करिब ७० मानिसको उद्धारका लागि सरकारले व्यापक जनशक्ति परिचालित गरेको छ । केहीलाई भने मृत अवस्थामा आइतबार उद्धार गरिएको छ । त्यस क्षेत्रमा अझै पनि उद्धार कार्य जारी राखिएको छ ।

लगातारको हिमवर्षाका कारण अफगानिस्ताको राजधानी काबुलस्थित विमानस्थलमा अवतरण हुने र त्यहाँबाट बाहिरिने उडान सेवा पनि आइतबार पूरै प्रभावित भएका छन् । विमानस्थलमा उडान रोकिएपछि अलपत्र यात्रुले निकै सास्ती खेप्नुपरेको बताएका छन् । हिउँ र चिसोले अफगानिस्तानका अधिकांश क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

हिम पहिरोले एक बस्तीका केही घरलाई पुरेको र घरका भग्नावशेषभित्र दर्जनौं मानिस रहेको सूचनाका आधारमा उद्धार कार्य प्रभावकारी रूपमा भइरहेको प्रवक्ता नवीद फ्रोटानले जानकारी दिए । प्रावन राज्यको सियागर्ड सुर्खपर्षा जिल्लामा पनि हिम पहिरोका कारण १६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी अफगानिस्तानकै सारीपुलको बाल्खव क्षेत्रमा हिम पहिरोमा पाँचजनाको मृत्यु भएको छ । त्यस क्षेत्रमा हिम पातका कारण सडक आवागमनमा समेत व्यापक समस्या भएको छ । —रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.