नेपाल आइडलको विराटनगर अडिसन आज

नेपाल आइडलको विराटनगर अडिसन आज

विराटनगर (अन्नपूर्ण): नेपाल आइडलको विराटनगर अडिसन डीएभी स्कुलको नयाँ भवन परिसरमा आजदेखि सुरु हुँदैछ।

गायनमा रुचि राख्ने पूर्वाञ्चलवासीका लागि विराटनगरमा अडिसन राखिएको र यहाँ राम्रो सहभागिता हुने अपेक्षा गरिएको नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले बताए। 'पूर्वाञ्चलको केन्द्रका रूपमा विराटनगरमा आयोजना गरिएको अडिसन राष्ट्रिय रूपमा पनि महत्वपूर्ण छ', उनले भने।

दुई दिनसम्म चल्ने अडिसनमा पूर्वाञ्चलका प्रमुख सहरी क्षेत्र इटहरी, धरान, दमक, बिर्तामोड, धनकुटा, इलाम, उदयपुर, राजविराज, सिराहालगायतका विभिन्न स्थानबाट प्रतिभावान् सहभागीहरू आउने अपेक्षा गरिएको पौडेलले बताए।

पूर्वाञ्चलमा पाँच हजार फारम वितरण गरिएको छ भने अन्नपूर्ण पोस्टमा प्रकाशन गरिएको फारम भरेर कटिङ गरी अडिसनमा सहभागी हुन सक्ने व्यवस्था पनि गरिएको छ। इलाम, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, ताप्लेजुङ, सुनसरी, झापा, मोरङलगायत जिल्लाका मुख्य स्थानमा फारम वितरण गरिएको थियो।

नेपाल आइडलको यसअघि चितवन, नेपालगन्ज, बुटबल र वीरगन्जमा अडिसन सम्पन्न भइसकेको छ। विराटनगरपछि पोखरा र काठमाडौंमा अडिसन हुनेछ। नेपाल आइडल एपीवान टेलिभिजनबाट प्रसारण हुने बहुप्रतीक्षित गायन रियालिटी शो हो।

यसका विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्दा कम्पनीको एक थान कार, २० लाख रुपैयाँ नगद र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.