सरकारमा बस्ने औचित्य सकियो, मन्त्रीलाई फिर्ता बोलाउँछौंः लोहनी

सरकारमा बस्ने औचित्य सकियो, मन्त्रीलाई फिर्ता बोलाउँछौंः लोहनी

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकाले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन्।

लोहनीले सरकारमा राप्रपाको उपस्थिति भएपनि कुनैपनि कुरामा साझेदारी नभएको बताए। उनले भने,‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन। त्यसैले सरकारमा रहीरहने कुरा अब स्वीकार गर्न सकिँदैन। यसबारेमा पार्टीभित्रपनि गम्भीर कुरा उठेको छ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा लोहनीले आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्नेबारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जनाए। उनले भने,‘यो सरकारको तौर/तरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने खालको नभएको आरोप लगाए। लोहनीले भने,‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भइरहेको छ। यो चुनाव पन्छ्याउने काम हो।’

उनले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नै नरहेको दाबी गरे। लोहनीले भने,‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन। संशोधनमा उल्लेख गरिएको कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन।’ उनले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाव गराउँदा आफूले छोड्नुपर्ने हो कि भन्ने पीर देखिएको आशंका व्यक्त गर्दै उनले भने,‘सरकारको यो प्रवृत्ति दुर्भाग्यपूर्ण छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.