नयाँ वाइडबडी खरिद सम्झौता मार्चभित्रै

नयाँ वाइडबडी खरिद सम्झौता मार्चभित्रै

काठमाडौंः नेपाल वायु सेवा निगमले यही मार्चभित्र नयाँ दुईवटा वाइडबडी खरिदको सम्झौता गर्ने भएको छ। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अमेरिकन एएआर कर्पोरेशनसँग करिब १ सय ४ मिलियन डलरमा दुई वाइडबडी ३३०–२०० को खरिद सम्झौता मार्चभित्रै हुनेछ।

निगमले करिब दुईवटा वाइडबडी खरिदका लागि दुई सय ५० मिलियन खर्च गर्ने लक्ष्य राखेर गरेको बोलपत्र आह्वानमा अमेरिकन एएआरले दुईवटा वाइडबडी नै करिब २०८.१६ मिलियनमा दिने प्रस्ताव गरेको थियो। निगमले करिब चार महिना एक हजार घण्टा उडेको जहाज खरिद गर्ने गरी टेन्डर गरेपनि एएआरले नयाँ विमान नै सस्तोमा दिने प्रस्ताव नेपालको भाग्यले पाएको कंसाकारले बताए।

सस्तो मूल्यमा राम्रो जहाज दिने कम्पनी एएआर पाएसँगै बोलपत्रमा आवेदन दिने अन्य ९ कम्पनीलाई छोडेको उनले स्पष्ट पारे। निगमले नेपाल सरकारको सार्वजनिक खरिद ऐन र निगमभित्रका कुनै पनि ऐन कानुन मिचेर एएआरसँग विमान खरिद गर्ने लागेको प्रमाण कसैसँग भए पेश गर्न कंसाकारले चुनौती दिए। कंसाकारले अब नेपाल वायु सेवा निगमले कम्तिमा वर्षमा एउटा अन्तर्राष्ट्रिय उडानका लागि जहाज खरिद गर्ने योजना रहेको समेत बताए।

नयाँ वाइडबडी २०७४ सालभित्र आउने भएपनि त्यसको समय एकिन भने एएआरसँगको खरिद सम्झौतापछि मात्र हुनेछ। नयाँ वाइडबडी आउने साथ बोइङ पनि लिलाम गर्ने उनले बताए। एउटा बोइङ भने एक साताभित्रै बेच्ने गरी प्रक्रिया अगाडि बढ्ने उनले बताए। अर्को बोइङ भने २०१८ भित्र लिलाम गर्ने गरी काम अगाडि बढाउने निगमको तयारी छ।

यसैगरी निगमले ६ वटा चिनियाँ जहाज र तीनवटा ट्वीनएटरबाट आन्तरिक उडानलाई पनि प्राथमिकता दिइने कंसाकारले बताए। निगमले सम्भव भएसम्म देशभरका विमानस्थलमा दैनिक एक–एकवटा पनि उडान भर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.