अमेरिकी न्याय मन्त्रालयद्वारा प्रतिबन्ध कायम गर्न आग्रह

अमेरिकी न्याय मन्त्रालयद्वारा प्रतिबन्ध कायम गर्न आग्रह

वासिङटनः संयुक्त राज्य अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध उचित भएको स्पष्ट पार्दै राष्ट्रिय हितका लागि यसलाई पुनः लागू गर्न अदालतसँग आग्रह गरेको छ ।न्याय मन्त्रालयले अदालतमा आफ्नो तर्फबाट यात्रा आदेश प्रतिबन्ध लगाउन पाउने राष्ट्रपतिको अधिकार भएको जिकिर गर्दै अदालतले यसमा हस्तक्षेप गर्नु अनुचित भएको स्पष्ट पारेको छ ।

अमेरिकाका दुई राज्य वासिङटन र मिनेसोटामा अदालतद्वारा गरिएको निर्णयबाट राज्यमा अव्यवस्था फैलने मन्त्रालयको दाबी छ । अमेरिकाको न्याय मन्त्रालयले स्थानीय समअनुसार सोमवार साँझ संघीय पुनरावेदन अदालतमा मुस्लिम बहुल ७ देशका नागरिकमाथि लगाइएको प्रतिबन्धका पक्षमा निर्णय दिन अनुरोध गरेको थियो ।

उक्त मन्त्रालयले देशको सुरक्षा सुनिश्चित गर्न यस्तो कदम आवश्यक भएको जिकिर गर्दै आएको छ । यसअघि पनि ट्रम्पको प्रशासनका तर्फबाट अदालतमा पुनरावेदन गरिएको थियो । अदालतले यस विषयमा बिहीबार सुनुवाइ गर्ने भएको छ । यात्रा प्रतिबन्धको पक्षमा निर्णय नआए न्याय मन्त्रालय संघीय अदालतको फैसलालाई लिएर सर्वोच्च अदालत पुग्ने अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । संघीय अदालतमा मंगलबार मौखिक बहस पनि भएको छ ।

प्रतिबन्ध आदेश रोक्ने अदालतको आदेशका कारण प्रतिबन्धित सूचीमा राखिएका सात देशका नागरिक र आप्रवासीलाई केही राहत मिलेको छ । यो अवधिमा त्यस्ता देशका हजारौं व्यक्ति अमेरिका प्रवेश गर्ने मौका पाएका छन् । ट्रम्प प्रशासनले भने अदालतमा एकै किसिमका तर्क प्रस्तुत गर्दै आएको छ । यस्तो प्रतिबन्ध खारेज गरिए अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने सरकारको धारणा छ । यसका साथै अदालतले अमेरिकी राष्ट्रपतिको अधिकार हनन गरेको न्याय मन्त्रालयको भनाइ छ ।

ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धलाई अमेरिकाका केही भागमा भए पनि लगाउन दिनुपर्ने पुनरावेदन अदालत समक्ष अनुरोध गरेको छ । सरकारले यस्तो आग्रह गर्नुले अदालतले यात्रा प्रतिबन्ध रोक्न सक्ने अड्कल गरिन थालेका छन् ।

बकवास निर्णय

अदालतबाट यात्रा प्रतिबन्धका विरोधमा निर्णय आउन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको आलोचना गरेका छन् । सोमबारको निर्णयपछि आक्रोश व्यक्त गर्दै ट्रम्पले अमेरिकी सुरक्षामाथि खेलवाड गर्न खोजिएको आरोप पनि लगाएका छन् ।

उनले भने, ‘यदि अमेरिकामा कुनै खतरा भयो भने त्यसको जिम्मेवार न्यायाधीश हुनेछन् । सम्भावित आतंकवादी र अमेरिकाको भलो नचाहनेहरूका लागि न्यायाधीशले हाम्रो देश प्रवेश गर्ने बाटो खुला गरिदिका छन् । यसबाट खराब मानिसहरू निकै खुसी भएका छन् ।'

ट्रम्पको निर्णयमा अमेरिकी जनता बाँडिएका छन् । उनको कदमको समर्थन र विरोधमा प्रदर्शन हुन थालेका छन् । अमेरिकी सञ्चारमाध्यमले यस विषयमा गलत सूचना दिएर दिग्भ्रमित पार्न खोजेको ट्रम्पको कथन छ । अमेरिकी जनताले ट्रम्पको कदमको विरोध गरेको भन्दै अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेपछि उनको यस्तो धारणा सार्वजनिक भएको हो । विगतको चुनावमा विभिन्न सर्वेक्षणमा गरेका झूटा समाचार प्रसारण गरेजस्तै सञ्चारमाध्यमले गरेको उनको दाबी छ ।

उनले कट्टरपन्थी इस्लामिक आतंकवादबाट बच्न यस्तो गर्नुपरेको अडान राखेका छन् । युरोप र खाडी मुलुकमा फैलिएको आतंकवादलाई ख्याल गरेर अदालतले तत्काल कारबाही गर्नुपर्ने उनको माग छ । यस्ता घटना देख्दादेख्दै पनि अमेरिकी न्यायाधीशहरूले मुलुकलाई खतरामा पार्न खोजेको भन्दै ट्रम्पले चिन्ता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.