अब आइफोनका सबै सेटमा फोरजी
काठमाडौं: नेपाल टेलिकमले सञ्चालन गरिरहेको चौथो पुस्ताको इन्टरनेट (फोरजी एलटीई) सेवा मंगलबारदेखि सबै सिरिजका आइफोनमा पनि सुरू भएको छ।
यस अघि यो सेवा आइफोनका सिरज ५ सम्मका सेटमा मात्रै प्रयोग गर्न सकिन्थ्यो। टेलिकमले दिएको जानकारी अनुसार अब आइफोनका ६, ६ प्लस, ७ र ७ प्लस सिरिजका सेटमा प्रयोग गर्न सकिने उल्लेख छ।
नेपाल टेलिकमले फोरजी सञ्चालन आरम्भ सुरू गरेदेखि नै एप्पल कम्पनीका सबै सिरिजका मोवाइल फोन सेटमा यो सेवा प्रयोगको प्रयास गरेको थियो। टेलिकमले गरेको आग्रह आग्रहपछि एप्पलले सबै सेटमा फोरजी सेवा प्रयोग गर्न सकिने गरी सुविधा दिएको उल्लेख छ।
एप्पलले भने आगामी मार्चदेखि मात्रै आइफोनमा फोरजी संचालन गर्ने सुविधा दिने भनेपनि एक महिना अगाडि नै आइफोनका प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न पाएका छन्।
टेलिकमले यही पुस १७ गत फोरजी सेवा सञ्चालनमा ल्याएको थियो। काठमाडौ उपत्यका र पोखराका पोष्टपेड मोवाइलका ग्राहकहरुका सुरू भएको यो सेवा यही माघ २२ देखि प्रिपेडका सीममा पनि सुरू भएको छ।
आइफोनमा फोरजी चलाउ एप्पल कम्पनीको वेवसाइट बेटाडट एप्पलडटकममा दिएको निर्देशन पालना गर्नुपर्ने छ। निर्देशन अनुसार फोनको ब्याकअप लिइ प्रोफाइल डाउनलोड गर्नुपर्ने छ। यसबाट बेटा भर्सन डाउलोड गरेर फोरजी चलाउन सकिने पनि टेलिकमले मंगलबार जारी गरेको एक प्रेस विज्ञप्तीमा उल्लेख छ।