हिज्जे प्रकरणको सरोकार

हिज्जे प्रकरणको सरोकार

अनेक आग्रह, विग्रह र विवशताबीच नेपाली वाङ्मयको हिज्जे प्रकरण पूर्ववत् स्थितिमा पदार्पण गर्न संस्थागत रूपमै निर्णय भइसकेको छ । यस प्रकरणलाई विशुद्ध वाङ्मयी मर्यादा पालन संकल्पप्रतिको सुनिश्चित सम्मोहन मान्नु आवश्यक छ । कुनै अप्रिय धक्कम धक्काबिना प्राज्ञिक चेतनापूर्ण विवेक ब्रह्मको प्रयोग शालीन तरिकाले भएर निष्कर्षमा पुगेको छ । यो विवेकशील चिन्मयताको नजिर बनेको छ ।

यस प्रसंगका यावत् हिज्जे प्रकरणका कर्मयोगी सबै धन्यवादका पात्र समूह ठानिनु विसंगति बनोइन । भेद-विभेद, संगति-विसंगति, वाद-विवाद, वैचारिक धारका सहमति-विमति लोकतान्त्रिक पद्धतिका प्रिय-अप्रिय, आग्रह-दुराग्रह मानिन्छन् । तर, सबै प्रकारका असहमति, विमतिहरू व्यापक र बृहद् छलफलले बिना मुठभेड शिष्ट, सौम्य अनि शालीन सामञ्जस्यमा पुग्नु खुला समाजको निर्बन्ध शृंगार सौन्दर्य बन्छ, बनेछ । यसप्रकारका मधुरिमा राष्ट्रका प्रत्येक मोड र तरखरका आकर्षण बनिरहनु नितान्त स्पृहनीय ठान्छु । विमतिमै सहमतिका मिलन बिन्दुका अन्तरचेत निहित रहेको हुन्छ पनि !

जे होस्, यस प्रकरणले भाषिक जगत्का साथै अन्य जीवन सन्दर्भहरूमा पनि गम्भीर प्रभावहरू छाडेका छन् । ती प्रभावहरू नेपाली सामाजिक, शैक्षिक, सांस्कृतिक, प्रशासनिक क्षेत्रहरूमा पनि तिख्खर तरिकाले परेका छन् । समाजमा यी हिज्जे प्रकरणले जनजिब्रो असरल्ल बन्न पुगेको छ । हामीले हाम्रा बाल्यकालमा अनुकरण, अनुसरण गरेका ध्वन्यात्मक उच्चारण यसमा रत्तिसकेका पुस्ताका कण्ठभित्रका ध्वनि ग्रन्थी असरल्ल अरल्लिन पुगेका छन् । फलस्वरूप उनीहरू भाषाबाट आएका संयुक्ताक्षरहरू दुरुस्त उच्चारण गर्न कठिनाइ बोध गर्छन् । ध्वन्यात्मक कठिनाइ पर्नु स्वाभाविक हो ।

बाल्यकालीन ध्वनि ग्रन्थी नितान्त नरम, तरल र लचकदार हुन्छन् । त्यस स्थितिमा जस्तो ध्वनि विन्यासमा स्वरग्रन्थी रत्तिन्छन्, आजीवन त्यसैअनुरूप अुनरक्तिन्छन् । त्यसैकारण दूधे जीवनकालमा जुन भाषाभाषीका कण्ठनादमा ध्वनि र स्वर अभ्यस्त हुन्छन्, त्यसैबाट कुनै पनि व्यक्तिलाई भाषा, समुदाय अनि राष्ट्रिय समूहका भनेर चिन्न, छुट्याउन सकिने हुन्छ । केही काल अवधि उता प्रचलनमा ल्याइएका नेपाली भाषाका अपरम्परागत हिज्जे प्रयोग प्रकरणमा अनुरक्तिएका हाम्रा केही नेपालीलाई साबिक हिज्जेमा भिज्न, प्रवेश गर्न, असरल, असहज बन्नेछन् ।

हिज्जे प्रकरणका अभ्यास, पठनपाठन, मुद्रण, प्रसारणमा अभ्यस्तहरू ‘आफ्नै' हिज्जेलाई ‘आफ्नै' लेख्छन्, छाप्छन् । ‘छाप्छन्' लाई ‘छाप्छन्' लेख्छन् । संयुक्ताक्षर हिज्जेलाई संयुक्त नपारी संयुक्त ‘प्' लाई हलन्त ‘प्' गरी छाप्छन् । यसै गरी ‘द्य' लाई ‘द्य' गरी ‘विद्युत्'लाई ‘विद्युत्' पार्छन् । यो एकप्रकारले परम्परा मुक्तिको भाषिक प्रज्ञापन बन्छ, बनेछ । सबै परिवर्तन परम्परा मुक्ति प्रकरणभित्र परोइनन्, पर्दैनन् पनि, नयाँ लेखन परम्पराका हिज्जे प्रकरणहरू ।

जसो भए पनि अहिले नेपाली भाषाका हिज्जे व्याकरणले यस अघिकै परम्परागत प्रकरणलाई मुक्तकण्ठले मानिसकेको छ । तर पनि यस प्रयोगको प्रकरणले राष्ट्रका सामाजिक, शैक्षिक, भाषिक संस्कार र संस्कृतिका इतिहासम केही न केही विचलनका चिह्न÷पदचाप भने नछाडेको होइन । सामाजिक दृष्टिकोणले यो भाषिक आन्दोलनले समाजमा कतिपय तहमा खैलाबैला मच्चायो । शैक्षिक जगत्मा पाठ्यपुस्तक लेखन, प्रकाशन आदिमा तहल्कै मच्चायो । आर्थिक दृष्टिकोणले यस अभियान निमित्त ठूलो धनराशिको लगानी हुन पुग्यो । प्रकाशित पाठ्यक्रम अन्तर्गतका पाठ्यपुस्तक र पठन सामग्रीहरूको चाङका चाङ ठूलो धनराशिका छपाइले राष्ट्रको ढुकुटीमा कस्तो प्रभाव राख्छ ? चिन्तन चेत सरोकार बन्छ ।

हिज्जे प्रकरणमा उठेका विवादलाई व्यावहारिक तवरले निराकरण गर्न केही आधारभूत रूपका तात्विक उदाहरणयुक्त पुस्तक पुस्तिकाहरू तात्तातै निकाल्नु स्पृहनीय हुन्छ । यसले दुई अरब हाराहारी रकम बराबरको पाठ्यपुस्तक शिक्षा मन्त्रालय पाठ्यक्रम विभाग/जनक शिक्षा सामग्री केन्द्र आदिमा मौज्दात रहेको तथ्य छ्यापछ्याप्ती सञ्चारमाध्यमले जनसमक्ष ल्याइरहेका छन् । प्रसंगवशको सरोकार ती पाठ्य सामग्रीहरू घाट न घरको बनी अलपत्र नहोऊन् भन्नु हो । राष्ट्र अपव्यय र नोक्सानीको बोझले नथिचियोस् ।

हिज्जे प्रकरणका अभ्यास, पठनपाठन, मुद्रण, प्रसारणमा अभ्यस्तहरू ‘आफ्नै' हिज्जेलाई ‘आफ्नै' लेख्छन्, छाप्छन् । ‘छाप्छन्' लाई ‘छाप्छन्' लेख्छन् । संयुक्ताक्षर हिज्जेलाई संयुक्त नपारी संयुक्त ‘प्' लाई हलन्त ‘प्' गरी छाप्छन् ।

त्यत्रो विपुल धनराशि लगानी गरी छापिसकिएका विभिन्न विषयका पाठ्यपुस्तक उपयोग गर्न सकिन्छ । राष्ट्रिय सरोकार र हितलाई सबै सरोकारवाला संस्था, जिम्मेवार निकाय, अधिकृत, तालुकवालाहरू सबैले ध्यान दिनैपर्छ । ती पुस्तकहरूमा प्रयुक्त हिज्जे प्रकरणलाई अहिले हालसालै मात्र प्रज्ञाप्रतिष्ठानले लिएको निर्णयअनुसार सुधार्न शब्दहरूका सूची बनाई प्रकाशनमा ल्याउनु आवश्यक ठान्छु । यस कार्यले आमसरोकारी विद्यार्थी, शिक्षक, प्राध्यापक, अधिकृत-कर्मचारी, सञ्चारमाध्यममा अनुरक्त लगनशील सबै नेपाली भाषाप्रतिका अनुरागीहरू लाभान्वित हुनेछन् ।

सम्बन्धित र सरोकारी आमनेपाली लाभान्वित भएर राष्ट्र भाषिक समस्या मुक्त हुनेछन् । भाषिक समस्याबाट नेपाल र नेपालीले मुक्ति पाउनुको बृहद् परिप्रेक्ष्य राज्य व्यवस्था र नेपाली समाज सुदृढ पार्न बल पुग्नु नै हुन आउँछ । राज्यव्यवस्था सुदृढ हुनु भन्नु आमनेपालीको चासो बनेको लोकतन्त्र सुदृढ, सुनिश्चित बन्नु बनाउनु हुन जान्छ । लोकतन्त्र सुदृढ, सबल बनाउन आधारभूत जनमनलाई ससम्मान सुनेर, बुझेर निर्णयात्मक कदर गर्नु नै हुनेछ ।

भाषिक हिज्जे प्रकरणले आफ्नै पूर्ववत् यात्रा मार्ग तय गरिसकेपछि प्रत्येक विषयवस्तुका पाठ्यसामग्री तयारीमा पूर्व उद्यत महानुभावहरू जहाँको तहीँ नै छन् । अब उहाँहरू प्रत्येकलाई आफूले यसअघि लेखेका पुस्तक÷पाठ्य सामग्रीहरू अहिले स्वीकृत र निर्णित हिज्जे प्रणालीअनुरूप सुधार्न लगाउनु सबैभन्दा सरल, सहज उपाय बन्नसक्छ । आआफ्ना पूर्व लेखन कार्यमा कहाँकहाँ के कस्तो लेखिएका थिए ?

त्यसको हेक्का उनीहरूमा रहिरहन सक्ने ठूलो अवसर बन्नेछ । त्यसरी लेखिएका तर अहिले परिवर्तन गर्नुपर्ने मात्र हिज्जे शब्दावली, विषयवस्तु, पाना र हरफहरू किटानीसाथ सिंहावलोकन गर्न सक्दा पुस्तकैपिच्छे सुधार गर्न सकिने उपाय उघ्रिन पुग्दो हो । यो मनमा उब्जेको एकल विचार हो । यी एकल विचारका उत्कण्ठालाई सरोकारी संस्थाहरूले आपसी सरसल्लाह गरी जे जसो गर्दा बढिया र उपयुक्त हुँदो हो सोच्ने सोचाइ-डबली बन्न सकोस् ! यसको अभ्यन्तरका चेष्टा यति नै ।

शिक्षा मन्त्रालय र अन्तर्गत सरोकारी विभाग, अन्य निकायहरू सबै समेटी सच्याउने प्रयास जारी गर्दा राष्ट्रको अरबौं अरब धनराशि बच्न जानेछ । नेपाल र नेपाली आमनागरिकको धन खेर जानबाट बच्न गई राष्ट्र लाभान्वित हुने अवश्यम्भावी छ । शिशु लोकतन्त्रको बेहाल हाल भोग्दै सम्भाव्य दुःखद नोक्सानीबाट देशको सम्पत्ति विपत्तिमा नपार्ने चेष्टा प्रत्येक चिन्तनशील विवेकहरूका सरोकार बन्नुपर्छ ।

छापिसकिएकाको भविष्य के हुने ? आमचासोको विषयवस्तु बनेको छ । यसमा नेपाल प्रज्ञाप्रतिष्ठानले लिएको निष्कर्षअनुसारै उसले पनि सच्चिनुपर्ने हिज्जेहरूको फेहरिस्त बनाई शब्द कोषावली बनाए समस्या सहज रूपमा सल्टिने हुन्छ । देश अब द्वन्द्वभन्दा समझदारीपूर्ण सुलह चहार्दो यो अवस्था छ । जति नै समस्यामा अल्झँदै रहन्छौं उति नै जटिलतामा बढ्दै बल्झिँदै रहन्छौं । समझदारी र सुलह परिस्थितिको दुहाई आमसर्वसाधारण भाषाभाषीका अन्तरमनको चाहना बनेको छ ।

आर्थिक उन्नति, स्वस्थ, सकारात्मक अनि पारदर्शी क्रियाकलाप जनचासो र चाहना बनेको युगबोध रहेको छ । हामीलाई शान्तिपूर्ण सुलहले द्वन्द्व र अशान्तिलाई इति श्री भएको अवस्थामा सास फेर्नु जरुरी अनि स्वस्थकर लाग्छ । यति गर्न पाए अघिअघि भएका व्ययभार सुल्टिनसक्ने अवस्था उघ्रिने अनुमान गर्न सकिने स्थिति सिर्जिनेछ । छापिसकिएका सामग्रीहरू उपयोगमा ल्याई सदुपयोग भए जे भए गरिए तिनका उपयोग राम्ररी हुन गई राष्ट्रघात हुनबाट बचिनेछ ।

संस्कृतबाट निःसृत शब्दहरू यथावत् तद्भव हुनुपर्ने सिद्धान्ततः सर्वमान्य मत रहेबनेको छ । तथापि अहिले आएर संस्कृत भाषा, व्याकरण रत्तिभर पनि नसिकाइने पाठ्यक्रम बनेको छ । संस्कृत भाषा-व्याकरणको फुट्टी ज्ञान नयाँ पुस्ताका पिँढीमा सार्न नसकिएर तिनमा संस्कृत शब्दका पदस्वरूप जान्ने बुझ्ने हेक्का कमजोर हुन पुगेको छ । सम्भवतः यसकै कारण अचेल हाम्रा छापाहरू, आमसञ्चारका माध्यमहरू पनि संस्कृत शब्दबाट बन्ने भाववाचक शब्द विन्यासमा निकै व्यवधानमा रहन पुगेका छन् । ‘सुन्दर' संस्कृत शब्दबाट बन्ने भाववाचक शब्द ‘सुन्दरता'÷‘सौन्दर्य' हो ।

तर हामीहरू धेरैजसो ‘सुन्दरता'को बदला ‘सौन्दर्यता' लेख्न, छाप्न र उच्चारणका हिज्जे बनाउन पुगिरहेका हुन्छौं । ‘सौन्दर्य' आफैं भाववाचक शब्द भएपछि त्यसमा ‘ता' थप्नु आवश्यक छैन । ‘वीर' बाट ‘वीरता'÷‘वीरत्व' बन्छ । ‘वीरत्व' नै भाववाचक भएपछि त्यसमा ‘ता' जोड्नु पर्दैन । ‘वीरत्व' नै सहीसलामत छ । त्यस्तै ‘धीर' बाट ‘धीरता'÷‘धैर्य' बन्छ । ‘धैर्य' भाववाचक संज्ञा शब्द भएर यसमा पनि ‘ता' प्रयोग गर्नु अनुपयुक्त ठहरिन्छ ।

यस्ता अनेक ज्वलन्त उदाहरण छन् । हामी आपसमा बसिवरि छलफल गर्दा क्रमिक रूपमा सुधारात्मक अभियान गर्दै जानेछौं । गरमागरमी बहसभन्दा ठण्डाठण्डी सोच विचारका सहाराले हाम्रा आँत भर्ने तरखरले सबैको भलो हुनेछ, अवश्य पनि । फेरि पनि एकपटक हामी सबैको सामूहिक कल्याण-कामनासहित अहिलेलाई मंगलकामना गर्छु ! भवतु सर्वमंगल मांगल्यम् !!!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.