पूर्णीमाको हिरोज आउँदै

पूर्णीमाको हिरोज आउँदै

काठमाडाै‌ः नवनायिका पूर्णीमा लामाको मूख्य भूमिका रहेको चलचित्र हिरोज चाँडैनै प्रदर्शनमा आउने भएको छ । आगामी चैत भित्रै प्रदर्शनमा आउने तयारी भइरहेको हिरोजको रिलिज डेट भने तय भइसकेको छैन ।

एनबी महर्जनको निर्देशन रहेको हिरोजमा पूर्णीमासँगै मुकेश ढकाल, संजोग राणा, करिश्मा मानन्धर, दिनेश डिसीलगायतको अभिनय रहेको छ ।

चलचित्र रेलिमाईबाट नेपाली फिल्म इन्डस्ट्रिजमा डेब्यु गरेकी पूर्णीमाले सोही चलचित्रबाट बक्स अफिसले प्रदान गरेको यस वर्षको सर्वोत्कृष्ट नवनायिका सगरमाथा अवार्ड पनि प्राप्त गर्न सफल भइन् ।

सगरमाथाको आधार शिविरमा आयोजना गरिएको उक्त अवार्ड विश्वकै उच्च स्थानमा गरिएको अवार्ड कार्यक्रम हो । जसको गिनिज बुकमा नाम पनि लेखिएको छ ।

‘ग्लामर ब्यूटी हो, त्यसैले सही रुपमा प्रस्तुत हुने हो भने ग्लामर हिरोइनका लागि चाहिन्छ' भन्ने मान्यता राख्ने पूर्णीमा समाजिक कार्यमा पनि सक्रिय छिन् ।

रेलिमाईबाट चलचित्र क्षेत्रमा अगाडि बढेकी नवनायिका पूर्णीमाले चार वटा चलचित्रमा अभिनय गरिसकेकी छन् । जसमा चलचित्र बन्धनको डबिङ कार्य जारी छ भने चलचित्र शिव पनि रिलिज डेटको पर्खाइमा छ ।

यसका साथै नयाँ नयाँ चलचित्रमा अनुबन्धित हुने क्रम जारी रहेको पूर्णीमाको भनाइ छ । यही क्रममा उनले साइन गरेको अर्को चलचित्र ‘नेप्टे' को आगामी बैशाखदेखि सुटिङ हुँदै छ । स्टार कास्ट दयाहाङ राईसँग काम गर्न पाएकाले नेप्टे आफ्नो लागि पनि फलदायी हुने पूर्णीमाको आशा छ ।

चलचित्र क्षेत्रमा आउनु अघि मिस ब्यूटी र मिस एन्जल भएकी पूर्णीमाले पछिल्लो समय दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । उनी सामाजिक कथा वस्तु बोकेको चलचित्रमा अभिनय गर्न बढी मन पराउँछिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.