प्रहरी नियमावली संशोधन गर्न आकस्मिक मन्त्रिपरिषदको बैठक सुरु

प्रहरी नियमावली संशोधन गर्न आकस्मिक मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौं: आइजी उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशसँगै नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुख कसलाई बनाउने भन्ने विषयमा निर्णय गर्न आकस्मिक मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठक आधा घण्टा ढिला सुरु भएको हो।

बैठकले आइजीमा निमित्त दिन प्रहरी नियमावली संशोधन गर्ने तयारी गरिएको उच्चस्रोतले अन्नपूर्णलाई बतायो।

उच्चस्रोतका अनुसार आइजीको दाबेदार रहेका चार डीआइजीमध्ये कसैलाई नदिएर प्रहरी अस्पतालका प्रमुख एआइजी डा‍. दिनेशचन्द्र पोखरेललाई निमित्त आइजीको जिम्मेवारी दिन प्रहरी नियमावली संशोधन गर्न लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.