चितवनमा 'चियासँग कविता' कार्यक्रममा गजल वाचन

 चितवनमा 'चियासँग कविता' कार्यक्रममा गजल वाचन

काठमाडौं: २०७३ साउन १५ गतेदेखि निरन्तर सञ्चालनमा रहेको 'चियासँग कविता' कार्यक्रको २२औँ श्रृङखला अन्तर्गत चितवनमा गजल वाचन गरिएको छ। भरतपुरमा भएको उक्त कार्यक्रममा गजल मञ्च चितवनका सचिव तथा युवा गजलकार विनोद अनुजले आफ्ना उत्कृष्ट रचनाहरू सुनाए।

“कैले ठूलै आँधी पनि डराएर जान्छ,
कैले एक झोँका हावा ढलाएर जान्छ”

२०६८ सालमा प्रकाशित आफ्नो पहिलो गजल सङ्ग्रह 'एक झोंका हावा' को यो शीर्ष गजलबाट आफ्नो वाचन सुरू गरेका उनले करिब डेढ घण्टासम्म चलेको उक्त कार्यक्रममा आफ्नो प्रस्तुतिको बिट मार्दै सुनाए-

“केहीबेर अझै मेरा गजलहरू गुञ्जनेछन्
अझै केही मान्छेलाई मैले आफ्नो बनाउनुछ”

मुलत: कविता विधामा केन्द्रित कार्यक्रममा गजल वाचनको क्रम भने यो दोस्रो हो। यसअघि चितवनका गजलकार धनराज गिरीले गजल सुनाएका थिए। हरेक शनिबार बिहान चितवनका साहित्यकारहरू भेला भएर आफ्ना सिर्जना सुन्न, सुनाउन बनाएको यो माहौलले यो हप्ता २२ औं श्रृङ्खला पार गरेको हो।

कार्यक्रममा गजल वाचनबाट लगातार वाहवाही पाइरहेका युवा गजलकार अनुजले गजलहरुको बीचमा तीनवटा कविता‘कहिलेसम्म’, ‘आजसम्म’ र ‘यी सानासाना घाउहरु'पनि सुनाउन भ्याए। तर गजलमा जति कवितामा उनी जम्न सकेनन्। “कार्यक्रमको नाम नै चियासँग कविता भएकोले मात्रैकविता पनि वाचन गरेको हुँ', उनले भने, 'नत्र मेरो मूल बिधा भनेको गजल नै हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.