‘जनकपुर होली हंगामा’ भोजपुरी कलाकार अाउने

‘जनकपुर होली हंगामा’ भोजपुरी कलाकार अाउने

जनकपुरधाम: भोजपुरी चलचित्रका चर्चित कलाकारहरू जनकपुर आउने भएका छन् । फागुन २८ गते होलीको अवसरमा एसआर प्रोडक्सन प्रालिले भोजपुरी चलचित्रका नायक दिनेशलाल यादव निरहुवासहितका कलाकारलाई जनकपुर ल्याउँदैछ।

जनकपुरको तिरहुतिया गाछीमा हुन लागेको ‘जनकपुर होली हंगामा’ नामक मैथली भोजपुरी सांगीतिक तथा सांस्कृतिक पर्वमा सहभागी हुन भोजपुरी चलचित्रकी नायिका अम्रपाली दुवे, नायक एवं निर्माता प्रवेशलाल यादव, शुभी शर्मा र सीमा सिंहसहितका विभिन्न कलाकार जनकपुर आउन लागेको एसआर प्रोडक्सन प्रालिले जनाएको छ ।

तिरहुतिया गाछीमा हुने कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि हुने र उनले भोजपुरी कलाकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी हुने दर्शकका लागि टिकटदर दुई सय रुपैयाँ र भीआईपी टिकटदर एक हजार रुपैयाँ तोकिएको छ । मैथली र भोजपुरीका कलाकारको सम्बन्ध प्रगाढ पार्न र जनकपुरसहित यस क्षेत्रमा रहेका भोजपुरी चलचित्र र संगीतका पारखीलाई उनीहरूको मन पर्ने कलाकारसँग प्रत्यक्ष भेटघाट गर्ने गरी होली मनाउन कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा एसआर प्रोडक्सन प्रालिका प्रबन्धक सन्तोषराज सहनी, नेपाली तथा भोजपुरी गायिका सेलिना कुँवरलगायत उपस्थिति थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.