ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले दिए राजीनामा
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले राजीनामा दिएका छन्। ट्रम्पको सुुरक्षा सल्लाहकारमा नियुक्त भएको एक महिना नपुग्दै मिइकल फ्लिनले पदबाट राजीनामा दिएको ह्वाइट हाउसले जनाएको छ। रसियासँगको सम्बन्धका कारण उनीमाथि ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिन दबाब बढेको थियो।
ट्रम्पले सत्ता सम्हाल्नुअघि नै अमेरिकामा रुसी राजदूतसँग प्रतिबन्धको सम्बन्धका विषयमासल्लाहकार माइकल फ्लिनले छलफल गरेको कुरा बाहिर आएको थियो। अमेरिकामा यसलाई विदेश नीतिको उल्लंघन मानिन्छ। तर, फ्लिनले अमेरिकी विदेश नीति विपरीत उपराष्ट्रपति माइक पेन्ससँग प्रतिबन्धसँग सम्बन्धित कुनै कुराकानी नभएको बताएका छन्।
माइक पेन्सले पनि प्रतिबन्धका विषयमा कुनै कुराकानी नभएको बताएका छन्। तर, पछिल्लो हप्ता अमेरिकी खुफिया अधिकारीको हवाला दिँदै अमेरिकी अखबारहरुमा ट्रम्पका सल्लाहकार फ्लिनले प्रतिबन्धका विषयमा छलफल भएकाे समाचार बाहिर ल्याएका थिए।