यी हुन बलिउडका चर्चित प्रेम जोडीहरु

यी हुन बलिउडका चर्चित प्रेम जोडीहरु

बलिउड चलचित्रले विश्वमा व्यावसायिक रूपमा जति उचाइ चुमेको छ, कलाकारको प्रेमकथा त्यत्तिकै रोमाञ्चक छ। प्रेमका अधुरा कथामात्रै होइन, युग सम्झाउने सफल प्रेमजोडी पनि त्यत्तिकै छन्। कस्तो छ त बलिउडमा चर्चित मानिएका केही प्रेमजोडीको कथा?

ऋषि कपुर र नीतु सिंह

८० को दशकमा चर्चा कमाएका नितु सिंह र ऋषि कपुरले सन् १९८० मा विवाह गरे। उनीहरूलाई बलिउडमा आदर्श जोडी मानिन्छ।

नितुले विवाह सफल बनाउन चलचित्रबाटै सन्न्यास लिइन्। उनले परिवारको हेरचाहमै सम्पूर्ण समय लगाइन्।

ऋषिले भने लगातर चलचित्रमा काम गरे। उनीहरूका छोरा रणवीर कपुर अहिले चल्तीका नायक हुन्।

श्रीदेवी र बोनी कपुर

बलिउडमा विवादित र चर्चित जोडीमा बोनी र श्रीदेवी पनि पर्छन्। अहिले १८ वर्ष लामो वैवाहिक सम्बन्धमा छन् उनीहरू। श्रीदेवी बोनीकी दोस्री पत्नी हुन्।
बोनीकी पहिली श्रीमती मोनाले श्रीदेवीलाई जीवनभर माफी नगर्ने बताएकी थिइन्।

श्रीदेवीका सौतेनी छोरा अर्जुन कपुर अहिले बलिउडमा चर्चित छन्। उनको पनि श्रीदेवीसँग खासै राम्रो सम्बन्ध छैन।

अजय देवगन र काजोल
बलिउडका सबभन्दा खुसी जोडी मानिन्छन्, अजय देवगन र काजोल। डेढ दशक लामो वैवाहिक जीवनमा दुवैजना एकअर्काप्रति समर्पित देखिन्छन्।

बलिउडमा यो जोडीलाई आदर्श मानिन्छ। अजय र काजोलको रोजाइ एकअर्कामा विपरीत भए पनि वैवाहिक सम्बन्ध सुमधुर बनाउन उनीहरू कुनै कसर बाँकी राख्दैनन्।

अरवाज खान र मलाइका अरोरा

बलिउडको हटेस्ट कपलका रूपमा चिनिन्छन् अरवाज र मलाइका। सत्र वर्ष लामो वैवाहिक जीवन अहिले पनि त्यत्तिकै चर्चित छ।

विवाहपछि घरपरिवार र करिअर दुवैलाई सन्तुलन मिलाएर अघि बढ्न सफल मलाइकाको प्रशंसा गर्नेको कमी छैन।

यो दम्पतीले एक छोरालाई जन्म दिएको छ। विवाहित भए पनि मलाइकाको बलिउडमा ग्ल्यामरस छवि उत्तिकै छ।

दिलीप कुमार र सायरा बानू

सन् १९६६ मा वैवाहिक जीवनमा प्रवेश गरेका दिलीप कुमार र सायरा बानू पुरानो चर्चित जोडी हो।

४८ वर्ष लामो वैवाहिक जीवनमा उनीहरूले एकअर्काको साथ कहिल्यै छाडेका छैनन्।

दिलीप र सायराले विवाह गर्दा उनीहरू करिअरको उत्कृष्ट श्रेणीमा पुगेका थिए। आफ्नो समयमा दिलीप जति सफल थिए, सायरा त्यत्तिकै चर्चित नायिका थिइन्।

अमिताभ बच्चन र जया बच्चन

सन् १९७३ मा विवाह गरेका अमिताभ र जयाले वैवाहिक जीवनको ४१ वर्ष सफलताका साथ बिताइसकेका छन्। अमिताभ र जया दुवै त्यस बेला लोकप्रिय नायकनायिका थिए।

विवाहपछि भने जया चलचित्रमा प्राय: निष्क्रिय भइन्। रेखालगायत अन्य नायिकासँग अफेयर्सका कारण अमिताभ विवादमा परे पनि जयाका लागि इमानदार साबित भए।

उनीहरू बलिउडमा प्रख्यात र आदर्श जोडी मानिन्छन्।

जावेद अख्तर र सावना आजमी

सावना आजमी जावेदकी दोस्री पत्नी हुन्। उनीहरूले सन् १९८४ मा विवाह गरेका हुन्।

जावेदकी पहिली पत्नीबाट दुई सन्तान (नायक फरहान र जोया) जन्मिसकेकाले सुरुमा सावनाको परिवार उनीहरूको विवाहको विरुद्धमा गए पनि सावनाको दृढसंकल्पका कारण विवाह गरिछाडे।

वैवाहिक जीवनको तीन दशक बिताइसकेका उनीहरू खुसीसाथ बसेका छन्।

 

शाहरुख खान र गौरी खान

२३ वर्षपहिले विवाह गरेका बलिउड स्टार शाहरुख खान र गौरी खान सफल जोडी मानिन्छन्। उनीहरूको प्रेमकथा निकै रोमाञ्चक छ।

गौरी हिन्दु र शाहरुख मुस्लिम भएकाले सुरुमा गौरीको परिवारले विवाह अस्वीकार गरेको थियो।

तर, एकअर्काप्रतिको प्रेम साकार बनाउँदै उनीहरूले विवाह गरिछाडे।

विवाहपछि साहरुखले गौरीलाई सधैं सम्मान गर्नुका साथै पत्नीको नाम बारम्बार लिएर प्रशंसा पनि पाएका छन्।

सञ्जय दत्त र मान्यता

आइटम गर्लका रूपमा चिनिएकी मान्यता र सञ्जय दत्तको प्रेमलाई बलिउडमा उदाहरणीय मानिन्छ।

एकअर्कालाई उनीहरू असाध्यै माया गर्छन्। ब्रेन ट्युमर भएर पत्नी गुमाएपछि दोस्रो बिहे गरेका सञ्जयले उनीसँग पनि सन् २००५ मा डिभोर्स गरे।

दुईवर्षे प्रेमलाई सन् २००८ मा विवाहमा परिणत गरेका सञ्जय र मान्यताले जुम्ल्याहा सन्तान जन्माएका छन्।

धर्मेन्द्र र हेमा मालिनी

सन् १९८० मा विवाह गरेका धर्मेन्द्र र हेमा मालिनीले विवाहको साढे तीन दशक एकसाथ बिताइसकेका छन्।

धर्मेन्द्र विवाहित भए पनि हेमाको सुन्दरतामा उनी कति पागल भए भने उनलाई विवाह गरिछाडे।

हेमासँग विवाह गर्नकै लागि धर्मेन्द्रले इस्लाम धर्म स्वीकारेका थिए।

यो दम्पतीको एकमात्र छोरी ईशा देवलले चिनिएकी नायिका हुन्। धमेन्द्रकी जेठी श्रीमतीबाट सनी र बबी देवल बलिउडका सफल नायक मानिन्छन्।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.