कश्मिरमा भिडन्त : तीन सैनिकको मृत्यु
काठमाडौं : भारत प्रशासित क्षेत्र कश्मिरको बादीपोरा जिल्लामा भएको एक भिडन्तमा तीन सैनिकको मृत्यु भएको छ।
भारतीय सञ्चार माध्यमले एक चरमपन्थीको समेत मृत्यु भएको जनाएका छन्। यद्यपी त्यहाँको सुरक्षा निकायले भने यो भिडन्तको आधिकारीक विवरण सार्वजनिक गरेका छैनन्।
दुई दिनअघि मात्र सोही क्षेत्रमा भएको भिडन्तमा दुई सैनिक र चार चरमपन्थीको मृत्यु भएको थियो भने एक सर्वसाधारणले समेत ज्यान गुमाएका थिए।
आइतबार समेत सैनिक र चरमपन्थीको भिडन्तामा दुई सैनिक चार चरपन्थी सँगै दुई सर्वसाधारणको मृत्यु भएको थियो।