प्रणय दिवसमा विवाह

प्रणय दिवसमा विवाह

धरानः नेपालको पहिलो सांगीतिक रियालिटी शो ‘नेपाल स्टार' की विजेता तथा नायिका विष्णु चेम्जोङ मंगलबारबाट विवाहबन्धनमा बाँधिएकी छन् । प्रणय दिवसको अवसरमा उनले धरान- १५ निवासी निर्मल मगरसँग विवाह गरेकी हुन् ।

मगर संगीत संयोजक हुन् । लगभग एक दशक लामो प्रेमसम्बन्धलाई सार्थक बनाउँदै उनीहरूले मगर परम्पराअनुसार विवाह गरेका हुन ।सानै उमेरमा प्रेमसम्बन्ध स्थापित भए पनि गायन एवं अभिनयमा व्यस्त भएकाले विवाह हुन समय लागेको विष्णुले बताइन् । यस वर्ष भने दुवैतर्फको पारिवारिक सल्लाहअनुसार विवाह गर्ने निर्णयमा पुगेका हुन् ।

‘११ वर्षसम्म विष्णुसँग भएको प्रेममा कुनै मतभिन्नता नभएपछि विवाह गरी सँगै जिउने वाचा गरेका हौं', निर्मलले भने । विवाहपश्चात् पनि गायन र अभिनयलाई निरन्तरता दिने विष्णुले बताइन् भने निर्मलले उनको गायन र अभिनय यात्रालाई हरपल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.