पारदर्शी प्लास्टिकले बनाइएका 'बबल्स होटेल' (फोटोफिचर)

 पारदर्शी प्लास्टिकले बनाइएका 'बबल्स होटेल' (फोटोफिचर)

एजेन्सी: आफ्नो जीवनसाथीलाई संसारकै सबै खुशी दिने प्रत्येक व्यक्तिको सपना हुन्छ। यसको लागि उसले जीवन संगिनीसँग विभिन्‍न ठाउँमा घुम्‍न चाहन्छन्। उनीसँगै खुल्ला आकाशमा गफगाफ गर्दै रात बिताउने इच्छा राखेको हुन्छ। तर सबैको यो सपना चाहेर पनि पूरा हुन सक्दैन।

पर्यटक यात्रीहरुलाई ध्यानमा राखेर फ्रान्सको 'होटेल बबल्स'ले उसको उक्त इच्छा पूरा गरिदिने भएको छ। सन् २०१० देखि टार्जन र जेनेले आधुनिक प्रकारको होटेल सञ्‍चालनमा ल्याएको छ।

यो होटेलमा सुत्‍नको लागि कोठा छैनन् तर ठूल्ठूला ३६० डिग्रीका पारदर्शी प्लास्टिकले बनाइएका बबल्सहरु राखिएका छन्। जहाँ प्राकृतिक चीजहरुले सजाएर राखिएका छन्।

खाली आकाश देखिने यो पारदर्शी प्लासटिकको गोलाकार घरमा एक रात बस्नको लागि सय पाउण्ड तिर्नुपर्ने हुन्छ। यहाँ आउने पर्यटकले एक पटकमा पाँच वटा पारदर्शी कोठाहरु छान्‍न पाउनेछन् भने प्रत्येक कोठामा राति आकाशको तारा हेर्न टेलिस्कोपको सुविधा पाउने छन्।

होटल बबल्सका सञ्चालक मुरिली गओभान्सिलिले भनेका छन्, ' यहाँ पहिलो पटक आउने यात्रुहरुले बस्न उत्साह देखाएका छन्। हामी उहाँहरुको इच्छालाई पूरा गर्न पाउँदा निक्कै नै खुसी भएका छौ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.