भिक्षु पक्राउ गर्न थाई प्रहरी गुम्बामा

भिक्षु पक्राउ गर्न थाई प्रहरी गुम्बामा

बैंककः थाइल्यान्डको प्रहरी रकम हिनामिना संलग्न एक भिक्षु पक्राउ गर्न राजधानी बैंककको बाहिरी क्षेत्रस्थित वाट धम्मकाया गुम्बामा छापा मारेको छ ।

यसअघि ४ करोड अमेरिकी डलर हिनामिनाको आरोप लागेका भिक्षु फ्रा धम्मजायो पक्राउ गर्न लामो समयदेखि निकैपल्ट प्रयास गर्दा प्रहरीलाई उनका अनुयायी हजारौं भिक्षुले अवरोध गरेका थिए । यसपछि प्रहरीले बिहीबार गुम्बामा छापा मारेको थियो ।

धम्मकाया गुम्बा यसपूर्व सैन्य नियन्त्रणमा लिइएको थियो । प्रहरीले मुद्रा अपचलनको आरोप लागेका भिक्षु धम्मजायो गुम्बाको विशाल परिसरभित्र लुकेको आशंका गरेको छ । उनीमाथि गुम्बाको कोष हिनामिना गरेको आरोप लागेको छ । तर प्रहरी अधिकारीले गत वर्ष जुनमा खोजी गर्न जाँदा उनका अनुयायीले गुम्बामा प्रवेश गर्न अवरोध गर्दै आएका थिए ।

बिहीबार बिहान सयौंसय प्रहरी र सैनिकले गुम्बा घेरेर सैन्य नियन्णमा लिँदै गुम्बामा आवागमन निषेध गरेको थियो । ‘हामी गुम्बा घेरेर सबै भवनमा खोजी गर्दैछौं', विशेष अनुसन्धान विभाग (डीएसआई)प्रमुख पाइसित वोङमाङले भने, ‘भिक्षुलाई आफू निर्दोष छु भन्ने लागेको भए उहाँले आत्मसमर्पण गर्नुपछ र न्यायीक प्रक्रियामा आउनुपर्छ ।'

७२ वर्षे धम्मजायो सिकिस्त भएकाले छानबिनमा प्रहरीसामु उपस्थित हुन नसक्ने भन्दै महिनौंदेखि गुम्बाबाट निस्केका छैनन् । उनले आरोप खण्डन गर्दै आफूले कुनै हिनामिना नगरेको र आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका कारण यस्तो आरोप लगाइएको दाबी गरेका छन् ।

गुम्बाले विज्ञप्ति जारी गर्दै करिब ४ हजार प्रहरी र सैनिकले गुम्बा घेरी कसैलाई पनि गुम्बामा प्रवेश गर्न र निस्कन नदिएको जनाएको छ । थाइल्यान्डमा सन् २०१४ मा भएको कूपछि सैन्य शासन छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.