दाइजो र इस्लाम

दाइजो र इस्लाम

कुनै पनि समाजमा धर्म, जातीय चलन, परम्परा या संस्कारका नाममा स्थापित व्यवस्थालाई सम्बन्धित समूहभित्रैबाट परिवर्तन जति सहज हुन्छ, बाह्य हस्तक्षेप या दबाबबाट हुँदैन । कानुनको भूमिका निर्णायक भए पनि मूलतः सहायक नै हुन जान्छ । छुवाछूतलाई आधा शताब्दी पहिला नै कानुनतः अपराध ठहर गरिए पनि व्यवहारमा त्यो उन्मूलन हुन नसक्नुमा छुवाछूत प्रथालाई निरन्तरता दिँदै आएको समूहमा आवश्यक चेतना र तदनुरूपको प्रतिबद्धताको अभाव देखा पर्‍यो । कानुनको भूमिका सक्रिय र निर्णायक बन्न सकेन ।

केही महिनाअघि मधेस क्षेत्रका केही पढेलेखेका तथा प्रतिष्ठित युवाहरूले अतीतमा उनीहरूका जातिले ‘छुवाछूत' प्रथालाई स्वीकारी दलितहरूप्रति छुवाछूत र हेय व्यवहार गरेकाले सामाजिक सञ्जालमार्फत र पीडित समूहसमक्ष पुगी माफी मागे पनि त्यसलाई व्यवहारमा निरन्तरता दिइएको कुनै उदाहरण कसैले प्रस्तुत गर्न सकेन । प्रचारको लागि गरिने ‘आन्दोलन' अल्पकालीन ‘प्रोपगान्डा' मात्र बन्न पुग्छ ।

उक्त अभियान कुनै दाता या आईएनजीओको सहयोगमा नभएको सम्बन्धित अभियन्ताहरूले स्पष्टीकरण दिए पनि सामाजिक सद्भाव तथा समानताको लागि आवश्यक सक्रियता र निरन्तर संलग्नता अनि गतिविधि प्रदर्शन गर्नमा उनीहरू सफल भएको मान्न सकिन्न । भेदभाव अन्त्यको लागि ‘सद्भाव' आवश्यक हुन्छ, तर त्यो पर्याप्त हुँदैन ।

तर त्यो अपर्याप्तताकै बीच मधेसकै रौतहट क्षेत्रमा इस्लाम धर्मावलम्बीहरूको एउटा सराहनीय अठोटले संगठित आन्दोलन र सुधारको रूप लिएको छ । आफ्ना परिवारका पुरुष सदस्यहरूको विवाहमा लिएको दाइजो फकार्उने अभियान सुरु भएको चार महिनाभित्रै करिब दुई करोड रुपैयाँ एकत्र भएको छ । त्यस्तै निकाहमा मौलाना (धर्मगुरु) ले दाइजो लिए÷नलिएको सोध्दै दाइजो लिएको अवस्थामा ‘निकाह कबुल' नभएको अर्थात् विवाहको धार्मिक मान्यता नभएको फैसला दिन थालेका छन् ।

इस्लाममा दाइजोलगायतका नाजायज कमाइलाई ‘हराम' मानिएको व्याख्यासहित समाजको प्रचलन फेर्न सम्बन्धित सम्प्रदाय तथा समुदायका सदस्यहरूले अग्रता लिएकाले दाइजोरूपी सामाजिक कुरीतिबाट सम्भवतः नेपाली मुस्लिम समाज छिटै मुक्त हुनेछ । रौतहटबाट सुरु भएको यो अभियान त्यो जिल्ला र मुस्लिम समुदायमा मात्र सीमित हुनु हुँदैन ।

शैक्षिक र आर्थिक दृष्टिकोणले तुलनात्मक रूपमा कमजोर इस्लाम समुदायले नारी पुरुष समानता र शोषणविरुद्ध चलाएको यो अभियानले केही समयमा एउटा सफल क्रान्तिका रूपमा स्थापित हुने पूर्ण सम्भावना बोकेको छ ।

वास्तवमा दाइजो कुप्रथा र लोभसँग जोडिएको एउटा परम्परा पनि बनेको छ । सम्भवतः रौतहटका अग्रणी युवाहरूले फिर्ता भएको दाइजो रकमबाट एउटा ‘फन्ड' निर्माण गरी आर्थिकरूपमा क्षमताविहीन महिलाहरूको विवाह या विवाहपूर्व वृत्ति विकासमा जिल्लाभित्र र बाहिर सांकेतिक सहयोग प्रदान गरेमा उनीहरूको क्रान्तिको व्यापकता र थप स्वीकार्यता सुनिश्चित हुनेछ ।

त्यो अभियानले अरू धर्मका अनुयायीहरूलाई पनि प्रेरित गर्नेछ, धर्म र परम्पराका नाममा विवाहमा लेनदेनलाई संस्थागत गर्नु अपराधले भनी त्यस्तै अभियान चलाउन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.