बाहिरी र भित्री संसार जोड्ने कडी

बाहिरी र भित्री संसार जोड्ने कडी

काठमाडौंः हास्यकलाकार मनोज गजुरेल र डा.राजु अधिकारी स्टेजमा झुल्किएपछि दर्शक स्टेजतिर आकर्षित भए । दुईजना कुर्सीमा बस्नासाथ मनोजले राजुको शरीर छामछुम गर्दै प्रश्न गरे, ‘यही शरीरले हो त अहिले योग गरेको ? ' उनीहरू स्टेजमा देखिनुअघि राजुले योग प्रस्तुत गर्दा उनको शरीरको लचकता देखेर मनोजमात्रै होइन उपस्थित दर्शक पनि लोभिएका थिए । प्रसंग थियो डा. अधिकारीद्वारा लिखित पुस्तक ‘यस्तो होस् जीवनशैली' विमोचन ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको तेस्रो राष्ट्रिय पुस्तक मेलाका क्रममा शुक्रबार पुस्तक विमोचन गरिएको हो । चल्तीमा रहेको विमोचन शैलीभन्दा पृथक् ढंगबाट गरिएको विमोचनमा लेखक डा. अधिकारी र हास्यकलाकार गजुरेलबीचको अन्तरसंवादले धेरैलाई आकर्षित गरेको थियो । अन्तरसंवादमा मनोजको प्रश्नको उत्तर दिँदै डा. अधिकारीले पुस्तकमाथि प्रकाश पारेका थिए । ‘बाहिर देखिने संसारको प्रभाव यति बढी छ मान्छेले भित्री संसार बिर्सिसके', पुस्तकबारे डा. अधिकारीले भने, ‘यो पुस्तक बाहिरी र भित्री संसारलाई जोड्ने कडी हो ।'

मान्छे बाहिरी संसारका बारेमा जानकार हुने चासो राख्ने तर आफूभित्रको संसारका बारेमा अनविज्ञ हुने तथ्य औल्याउँदै औषधि होइन जीवनशैलीले स्वास्थ्य ठीक गर्नुपर्ने बताए । ‘आवरण राम्रो हुन्छ तर आचरण राम्रो हुँदैन । त्यसैले जीवनशैली ठीक भएन भने रोग, भोग र शोकको सिकार हुने निश्चित छ', उनले ठोकुवा गरे । बिहान उठ्दै स्वास्थ्य मन लिएर उठ्नुपर्ने तर्कसहित लेखक अधिकारीले पुस्तकमा त्यही कामना गरिएको जानकारी दिए ।

अन्तरसंवादमा मनोजले पुस्तकमा समेटिएको सम्भोगकला, रात्रि चर्चा, खानापछि बेड चर्चाको प्रसंग पनि कोट्याए । त्यहाँ उपस्थित सबैलाई आकर्षित गरेको यो जिज्ञासाका बारेमा अधिकारीले भने, ‘जीवनमा सबै कला खुलेर सिकाइन्छ तर सम्भोगकला त्यसरी सिकाइँदैन । यो क्रिया जीवनको अनिवार्य अंग हो । त्यसैले यसलाई ध्यान, स्वास्थ्य र प्रसन्नताको माध्यम बनाउनुपर्छ ।'

गुरुको स्थान दोस्रो गुगलको स्थान पहिलो, बुकको स्थान दोस्रो फेसबुकको स्थान पहिलो हुनुलाई विकृतिको संज्ञा दिँदै उनले यस्तो होस् जीवनशैलीमा बिर्सिएको विधा, बिर्सिएको शिक्षा र जीवनको विधालाई प्रस्तुत गरिएको र सकेसम्म प्रामाणिक बनाउने प्रयास गरिएको जानकारी पनि दिए ।

खाने कसरी, पिउने कसरी भन्ने विषयमा १० वर्ष अध्ययन गरेर पुस्तक लेखेको उनको भनाइ थियो । ‘योग, ध्यान, आहारविहार र जीवनशैलीले जीवनलाई सुखमय बनाउनुपर्छ', लेखक अधिकारीले भने, ‘विकृत भोजनले धेरै रोगी भएका छन् । योग व्यायाम जति गरे पनि खानपान ठीक भएन भने स्वास्थ्य हुन सकिँदैन ।'

कार्यक्रमको सुरुमा विमोचन गरी कृतिमाथि चर्चा गर्ने परिपाटीविपरीत यो पुस्तक कार्यक्रमको अन्त्यमा लोकार्पण गरिएको थियो । पुस्तक डा. सुन्दरमणि दीक्षित, डा. भगवान कोइराला, डा.गोविन्द केसी, कृष्ण पहाडी, दिनेश थपलिया, शिव श्रेष्ठ, राजेन्द्रसिंह भण्डारीलगायतले संयुक्त रूपमा गरेको विमोचनसहित कार्यक्रम समापन गरिएको थियो । कृति मानव उत्कर्ष नेपालले प्रकाशन गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.