भविष्यका ५ आविष्कार जसले मानिसको आयु बढाउन सक्छ !

भविष्यका ५ आविष्कार जसले मानिसको आयु बढाउन सक्छ !

एजेन्सी: संसारमा मर्न कसैलाई पनि रहर लाग्दैन। सबै मानिस इच्छाए अनुसार बाँचीरहूँ भन्‍ने चाहन्छन्। सायद यही चाहनालाई मध्य नजर गर्दै विज्ञान र वैज्ञानिकहरुले नयाँ यस्तो औजारको निर्माण गर्नमा जुटेका छन् जसले आयु बढाउन सक्छ। भविष्यमा वैज्ञानिकहरुले के के औजारहरुको निर्माण गर्दैछन् त ?

१.लंगीभिटी पिल्स
वैज्ञानिकले यस्तो औषधि बनाउन लागेका छन् जसको माध्यमबाट मानिसले आफ्नो उमेर बढाउन सक्नेछन्। यदि उनीहरुको खोज सफल भए सन् २०१८सम्ममा यो औषधि विश्‍व बजारमा उपलब्ध हुने दाबी गरिएको छ। यसले मानिसको औसत आयु एक सयदेखि १ सय२० वर्ष हुनेछ जो अहिले ७८ देखि ८२ वर्षका छन्।

२. इनफ्युजिङ योङ ब्लड टू ओल्ड
तपाईले सुन्‍नु भएकै होला की पिचासले रगत पिएर आफ्नो उमेर बढाउने गर्थे। यही तरिकाको आविष्कारमा अब वैज्ञानिकहरु जुटेका छन्। वैज्ञानिकहरुले एउटा बुढो मुसालाई केही समयसम्म रगत चढाएको थियो। फलस्वरुप उक्त बुढो मुसा एक महिना बढी बाचेको थियो।

यसैको आधारमा वैज्ञानिकहरुले यो खोजलाई निरन्तर जारी राखेका छन्। यदि यो खोजले सफलता पाएमा आउने समयमा जवान मानिसको रगत लिएर बुढो मानिस पनि जवान हुन सक्छ।

३. अंग उत्पादन गर्ने ल्याब
यदि कुनै व्यक्तिको कुनै अंग खराब भएमा वा बिग्रिएमा त्यसको ठाउँमा अर्को अंग लगाउन अरु कसैले दान दिनुपर्छ। तर अब आउने समयमा मानिसले शरीरको कुनै अंग बिग्रिए वा खराब भएमा नयाँ अंग उत्पादन गर्ने ल्याब बनाउने वैज्ञानिकहरुले कोसिस जारी राखेका छन्। यो सफल भएमा मानिस आफ्नो शरीरको नयाँ अंग प्रत्यारोपण ल्‍याबबाट पाउन सक्‍नेछन्।


४. अंगहरुको थ्रीडी प्रिन्टिङ
थ्रीडी प्रिन्टिङको आविष्कारले विज्ञान जगतमा ठूलो क्रान्ति नै ल्यादिएको छ। यो आविष्कारले अहिले विश्‍वमा धेरै ठूलो मेसिन समेत प्रिन्ट गर्न सकिन्छ।

यहीकारण वैज्ञानिकहरुले थ्रीडी प्रिन्टिङको माध्यमबाट मानिसको शरीरको अंगलाई प्रिन्ट गर्नेमा अनुसन्धान गरिरहेका छन्। यदि उक्त अनुसन्धानले सफलता पाएमा मानिसको अंग प्रतिरोपण गर्न सकिन्छ।

५.साइबोर्ग
प्रतिदिन करीब ३ सय मानि अंग खराब भएर मर्ने गरेको अनुसन्धानले देखाएको छ। उनीहरुले उचित समयमा चाहेको अंग नपाएको हुनाले मर्नु परेको वैज्ञानिकहरुले निष्कर्ष निकालेको छ। मानिसले चाहेको अंग खोजी गर्न वैज्ञानिकहरुले अनुसन्धान अगाडि बढाएका छन् जसअनुरुप मानिसको अंगमा मेसिन लगाउने सकिन्छ।

यदि यो प्रयोग सफल भएमा मानिसको आधा मेसिन र आधा मानव अंगको रुपमा देख्‍न पाइनेछ। यसलाई साइबोर्ग भनिन्छ। शरीर खराब भएमा यो महत्‍वपूर्ण मानिने वैज्ञानिकहरुको तर्क छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.