काठमाडौं आइपुग्यो ‘नेपाल आइडल’ (भिडियोसहित)

काठमाडौं आइपुग्यो ‘नेपाल आइडल’ (भिडियोसहित)

काठमाडाै‌ : एपीवान टेलिभिजनमा प्रसारण हुने सर्वाधिक पुरस्कार राशिको गायन प्रतियोगिता ‘नेपाल आइडल’को राजधानी अडिसन शनिबार ललितपुरबाट सुरु भएको छ ।

नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा सञ्चालित एपीवान टेलिभिजनमा प्रशारण हुने नेपाल आइडलको अडिसन ललितपुरको डिएभी स्कुलमा शनिबार सुरु भएको हो। प्रतियोगितामा नयाँ र पुराना पुस्ताका कलाकारले उत्साहजनक सहभागिता जनाएका छन्। दुई दिनसम्म चल्ने अडिसन ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा भइरहेको छ।

नेपाल आइडल प्रतियोगितामा नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले भाग लिन पाउँछन् । यसअघि नेपाल आइडलको अडिसन पोखरा, नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्जमा भइसकेको छ ।

प्रतियोगिताको निर्णायकमा संगीतकार न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.