कसरी बन्ने राम्रो हेयर ड्रेसर ?

कसरी बन्ने राम्रो हेयर ड्रेसर ?

कपाल काट्ने इलम स्वावलम्बनको एउटा पाटो हो । तपाईं सक्षम र सफल हेयर ड्रेसर बन्न सक्नुहुन्छ तर कसरी ? जोइको इन्टरनेसनलका आर्टिस्टिक डाइरेक्टर डेमियन कार्नेका सल्लाह यस्ता छन्:

१. बलियो आधार तयार गर्नुहोस् । गतिलो सीप र सौन्दर्यको राम्रो बुझाइसँग काम सुरु गर्नुहोस् ।

२. कार्यक्षेत्रमै पनि सिक्ने सिकाउने काम जारी राख्नुहोस् । सूचना र उत्साह तपाईंको वरिपरि नै हुन्छ । हरेक अनुभवले तपाईंलाई बलियो बनाउँछ ।

३. तपाईंको काममा अरूलाई आकर्षित गरिरहनुहोस् । तपाईंले आफ्नो उत्साह, क्षमता र सीप प्रदर्शन गर्न सक्नुभयो भने तपाईंले ग्राहक पनि प्रशस्तै पाउनुहुनेछ ।

४. गल्ती हुने डर नपाल्नुहोस् । तपाईंले चाहेजस्तो भएन, केही गल्ती भयो भने किन यस्तो भयो भन्ने पत्ता लगाउनुहोस् र अगाडि बढ्नुहोस् ।

५. ग्राहकको शरीर, रूप, रुचिलाई ध्यानमा राखेर तिनको हेयर स्टाइल छनोट गर्न सहयोग गर्नुहोस् ।

६. मेहनत गर्नुहोस् । सौन्दर्य उद्यममा हरेक दिन नयाँनयाँ चुनौती हुन्छ, त्यसको सामना गर्नुहोस् ।

७. तपाईंको कामलाई सामाजिक सञ्जालबाट प्रचार गर्नुहोस् । तपाईंले कपाल काट्नुअघि र पछिको फोटो खिचेर फेसबुक, ट्विटर र इन्स्ट्राग्राममा राख्नुहोस् । ग्राहकहरूको सुझाव र प्रतिक्रियाको ख्याल गर्नुहोस् ।

८. बिजनेस कार्ड र प्रचारमा अलिकति खर्च पनि गर्नुहोस् । हरेक भेटमा आफ्नो परिचय बाँड्नुहोस् । तपाईंलाई थाहा हुँदैन, कहिले नयाँ ग्राहकसँग भेट हुन्छ ।

९. व्यावसायिक प्रदर्शनीहरूमा पनि भाग लिनुहोस् । अरू हेयर ड्रेसरहरूसँगको सञ्जालमा सहभागी हुनुहोस् ।

१०. ग्राहकहरूसँग सहज हुनुहोस् । ग्राहकसँग समय मिलाउनुहोस् । ग्राहकको सुविधामा ध्यान दिनुहोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.