सुजनाले जितिन् मिस कोसीको उपाधि

सुजनाले जितिन् मिस कोसीको उपाधि

विराटनगरः आफ्ना २५ प्रतिस्पर्धीलाई उछिन्दै सुनसरी इटहरीकी सुजना खड्काले मिस कोसी २०१७ को उपाधि जितेकी छन् । उपाधिसँगै उनले एक लाख ३५ हजार रुपैयाँ बराबरको जोनसन एक्वा र म्युजिक भिडियो खेल्ने अवसर प्राप्त गरेकी छन् । प्रतियोगितामा इटहरीकै समिता बन्जारा र संखुवासभाकी सोनिका दाहाल क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । बन्जरा र दाहालले क्रमशः ५० हजार र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा अन्य उपाधितर्फ अञ्जनी राई मिस फ्रेन्डसिप, लक्ष्मी राजवंशी मिस कन्फिडेन्स, श्रद्धा हमाल ठकुरी युट्युब भ्युअर्स च्वाइस र फोटोजेनिक, समिता बन्जारा मिस ब्युटी विथ बे्रन, प्रीतिका राजवंशी मिस इन्टेलेक्चुअल, आश्मा बोगटी मिस बेस्ट कम्प्लेक्सन, झरना राई मिस ब्युटिफुल हेयर, पूजा विष्ट मिस पपुलर, सोनिटा दाहाल मिस ट्यालेन्ट, बिनु सुनुवार फेसबुक भ्युअर्स च्वाइस, सुजना खड्का मिस पर्सनालिटी, पुष्पा राई मिस स्टाइलिस्ट, स्वस्तिका बराल मिस क्याटवाक, विनीता राय मिस डिसिप्लिन, रेखा चन्द मिस फिगर, प्रसिका घिमिरे मिस बेस्ट स्माइल घोषित भएका छन् ।

मोडलिङ क्षेत्रमा आउन चाहनेको क्षमता प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरिएको आयोजक जय मिडिया म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक जयराज रायले बताए । ‘स्थानीयस्तरमा मोडलिङको अवसर सिर्जना गर्न र प्रतिभा छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो’, उनले भने ।शनिबार राति विराटनगरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोडल क्षितिजा शाक्य, नायिका सुस्मिता केसी र सञ्चारकर्मी रोशन घिमिरे निर्णायक थिए ।

सरोज श्रेष्ठ र श्रुति नेपालले होस्ट गरेको प्रतियोगितामा जोनसोन अक्वा, जर्नी टु अस्ट्रेलिया, एसियन कम्प्युटर इम्पेक्स, विराट बुक्स सेन्टर, थ्री लिंक, श्री क्रिएसन, श्रेयान्स फेसन, सबु ब्युटी पार्लर, महेन्द्र होटल, विभूति कन्सर्न, दी बज र जीके फोटोग्राफीको सहयोग थियो । श्रुति नेपाल र रञ्जना गिरीको कोरियोग्राफी रहेको मिस कोसी २०१७ को फाइनलमा नायक तथा मोडल आयुष्मान जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.