इलाममा ट्रक दुर्घटना, आठ घाइते

इलाममा ट्रक दुर्घटना, आठ घाइते

इलामः  इलामको कोल्बुङ-२ मा ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन्। घाइतेमध्ये दुर्इजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। झापाको विर्तामोडबाट सोमबार बिहान इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को ३ प ६०६० नम्बरको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा कन्काई नगरपालिका-८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन-६ का १७ वर्षीय राजीव विक, कन्काई नगरपालिका-२ का ३३ वर्षीय राजेश राई, धाइजन-४ का २१ वर्षीय विवेक सुब्बा, कन्काई नगरपालिका-८ कै २६ वर्षीय सुमन पौडेल सामान्य घाइते र झापा बुधवारे-४ का २४ वर्षीय सविन धिमाल र कन्काई नगरपालिका-८ कै ४२ वर्षीय दीपक राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि झापाको विर्तामोडस्थित बी एन्ड सीमा लगिएको छ । ट्रक अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.