धारिलो हतियार प्रहार गरी मेडिकल सञ्चालकको हत्या

 धारिलो हतियार प्रहार गरी मेडिकल सञ्चालकको हत्या

महेन्द्रनगरः कञ्चनपुर दोधारामा मेडिकल सञ्चालकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । दोधारा–चाँदनी नगरपालिका ७ बाबाथानमा मेडिकल सञ्चालन गर्दै आएका ५५ वर्षीय भारतीय नागरिक विजय कृष्णहीराको शनिबार राति हत्या गरिएको हो । दोधारा–चाँदनी १० कुतियाकवरनजिक हत्या गरिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले बताए ।

‘टाउकोेको पछिल्लो भागमा रड प्रहार गरिएको छ । धारिलो हतियारले घाँटी रेटिएको छ’, उनले भने, ‘जोगबुढा नदीवारि खाली फाँटमा हत्या गरेर छाडिएको छ ।’ शनिबार घर जाने क्रममा उनको हत्या भएको प्रहरी अनुमान छ । उनी हरेक दिन मेडिकल बन्द गरेर आफ्नै घर जाने गरेको प्रहरीले जनाएको छ । ‘शनिबार पनि साँझपख मेडिकल बन्द गरेरै उनी निस्केका रहेछन्’, प्रवक्ता कार्कीले भने, ‘राति १२ बजे मात्रै प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भएको हो ।’ प्रहरीका अनुसार उनले मोबाइल फोनसमेत बोक्दैनथे ।

हत्या गरिएका कृष्णहीरा भारतको पिलिभित जिल्लाअन्तर्गत माधवतान्हा ग्रामका स्थायी बासिन्दा हुन् । उनले विगत २० वर्षदेखि बाबाथान बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

शनिबार राति नौ बजेसम्म घर नपुगेपछि परिवारले खोज्दै आउने क्रममा जोगबुढा नदीवारि फाँटमा कृष्णहीराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति आठदेखि नौ बजेको समयमा उनको हत्या गरिएको हुन सक्ने प्रहरी अनुमान छ । हत्या किन गरिएको हो भन्ने विषयमा अहिले नै कारण नखुलेको प्रहरीले बताएको छ । ‘हत्याबारे गम्भीर अनुसन्धान अघि बढाइएको छ’, कार्कीले भने ।

जिल्ला प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान समूहसहित विशेष टोली खटाएर हात्याबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ । हत्या गरिएका कृष्णहीरा भारतको पिलिभित जिल्लाअन्तर्गत माधवतान्हा ग्रामका स्थायी बासिन्दा हुन् । उनले विगत २० वर्षदेखि बाबाथान बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागि दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.