वातावरणमैत्री छैनन् टेलिकम टावर

वातावरणमैत्री छैनन् टेलिकम टावर

काठमाडौंः सेवा विस्तारक्रममा डाँडैपिच्छे टावर राखेका विभिन्न टेलिकम कम्पनीले जंगल, जमिन र विकीरण व्यवस्थापन गर्न नसक्दा वातावरणमा गम्भीर असर परेको पाइएको छ । जथाभावी टावर निर्माण गरेका ती कम्पनीले तार व्यवस्थापनसमेत गर्न नसक्दा वातावरण प्रदूषित भएको गुनासो बढेपछि दूरसञ्चार प्राधिकरणले नियन्त्रण पहल सुरु गरेको छ ।

प्राधिकरणले अब बन्ने टावर कम्तीमा तीन कम्पनीलाई काम लाग्नेगरी मात्र बनाउन दिने भएको छ । टावरमा प्रयोग हुने मेसिन र भुइँमा ओछ्याउने फाइबर तार पनि हरियो हुनुपर्ने प्राधिकरणले मापदण्ड तोकेको छ । नेपालमा निर्मित १५ हजार ३१ वटा टावर वातावरणमैत्री नभएको पुष्टि भएको छ । टेलिकम कम्पनीले सेवा बिस्तार गर्दा सोलार प्रयोग नगरेको, बढी पावर खपत गर्ने र डिजेल तथा पेट्रोलले चल्ने मेसिनमात्र प्रयोग गरी जंगल-जमिनलाई दुरुपयोग गरेकाले वातावरण प्रदूषण रोक्न तत्काल नियन्त्रण गर्न पहल सुरु भएको हो ।

‘सबै कम्पनीले एउटै टावर प्रयोग गरे सस्तो पर्ने हुनाले कम ऊर्जा खपत गर्ने मेसिन राख्न अनिवार्य गरिनेछ', दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले अन्नपूर्णसित भने । नेपाल टेलिकमको पाँच हजार एक सय, एनसेलको आठ हजार पाँच सय, स्मार्टको ६ सय २०, युटिएलको पाँच सय, हेल्लोको तीन सय र सिजी (एसटिएम) को ११ वटा गरी १५ हजार ३१ वटा टावर निर्माण भइसकेका छन् ।

प्राधिकरणको तथ्यांकमा युटिएल, एनटी, एनसेल, स्मार्ट, हेल्लो, सिजी (एसटिएम) गरी ६ वटा टेलिकम कम्पनी र ६८ वटाले लाइसन्स लिएका छन् । वातावरणमैत्री टेलिकम विस्तार गर्न विशेष नीति नभए पनि कम्पनीले यसमा ख्याल पुर्‍याएर वातावरण प्रदूषण रोक्न पहल गर्नु आवश्यक भएको सरोकारवाला बताउँछन् ।

घरको छतमा बनाइने टावरलाई घरको क्षमताले नै निर्धारण गर्ने र जमिनमा बनाउने टावर तीन कम्पनीलाई धान्ने गरी बनाउन दुई महिनाअघि नै निर्देशन दिइसकेकाले ग्रिन टेलिकम बनाउने प्रयासमा दूरसञ्चार प्राधिकरण लागिपरेको फ्रिक्वेन्सी व्यवस्थापन मेनेजर विजयकुमार रोयले बताए । उनले भने, ‘नेटवर्क सर्भिस प्रोभाइडर (एनएसपी) ले तार ओछ्याउन पाउने ब्यान्ड, स्पिड बिक्री गर्न पाउने भए पनि वातावरणमैत्री हुन जरुरी छ ।'

टावरमा प्रयोग हुने मेसिन र भुइँमा ओछ्याउने फाइबर तार हरियो हुनुपर्ने, कम्तीमा तीनवटा कम्पनीले प्रयोग गर्न मिल्ने टावर बनाउनुपर्ने प्राधिकरणको मापदण्ड ।

‘फाइबर केवल ओछ्याउने वर्डलिंक, सुबिसु, मर्कन्टाइल, वेबसर्भर, भायनेट, कम्युनिकेसन एन्ड कम्युनिकेट, क्लासिकनेट कम्पनीलाई सचेत गराएका छौं,' उनले भने, ‘कम ऊर्जा खपत हुने प्रविधि अपनाउन निर्देशन दिएसँगै अनुगमनलाई तीव्रता दिनेछौं । माइक्रो वेब, बेस ट्रान्सरिसिभर सिस्टम (बिटिएस) धेरै ऊर्जा खपत गर्ने मेसिन हुन् । ऊर्जा खपतसँगै खर्च पनि बढी लाग्ने, विकीरणले स्वास्थ्य हानिकारक हुनाले व्यवस्थापन गर्न टेलिकम कम्पनीले चासो दिएको हो ।

अन्य मुलुकमा एउटा कम्पनीले बनाएको टावर अरू कम्पनीले पनि भाडामा लिने चलन भएकाले वातावरणमैत्री हुने गरेको प्राधिकरणका कर्मचारीको भनाइ छ । टेलिकमबाट निस्कने विकीरणको मापदण्ड विश्व स्वास्थ्य संगठनले तोकेअनुसार भए÷नभएको मापन नभएकाले कम्पनीमा कार्यरत कर्मचारीमा थाइराइडको समस्याले आवाज परिवर्तन हुने सम्भावना बढी देखिएको प्राधिकरणका कर्मचारी बताउँछन् ।

‘आकाशमा के हुँदै छ भनी हेर्ने मेसिन राज्यसँग नभएकाले पनि समस्या भएको हो । प्रविधि र नियम भए आफैं नियन्त्रण हुने थियो, चोक-चोकमा ट्राफिकले हात हल्लाएर जाम नियन्त्रण नहुने उदाहरण पक्का छ, राज्यले यसतर्फ विशेष पहल गर्नुपर्छ,' खनालले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.