भारतीय रेलमन्त्री- देउवा  भेट

भारतीय रेलमन्त्री- देउवा  भेट

काठमाडौः नेपाल भ्रमणमा रहेका भारतीय केन्द्रीय रेलमन्त्री सुरेशप्रभाकर प्रभुले कांग्रेस सभापति शेरबहादुर देउवा र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन-२०१७' मा भाग लिन राजधानी आएका भारतीय रेलमन्त्रीले प्रमुख राजनीतिक दलका नेतासँग भेटेका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कुनै पनि नेतासँग भेटवार्ता गरेनन् ।

दुवै नेतासँगको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र नेपाल-भारत सम्बन्धबारे कुराकानी भएको थियो । भारतले नेपालसँग रेल, हवाई र सडक सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेको उनले बताएका थिए । उनले नेपालका राजनीतिक दलको सहमतिमा सबै पक्षको भावना समेटेर संविधान संशोधन होस् भन्ने भारतीय चाहना रहेको बताएका थिए ।


भारतीय रेलमन्त्रीले नेपालका राजनीतिक दलको सहमतिमा सब पक्षको भावना समेटेर संविधान संशोधन होस् भन्ने भारतीय चाहना रहेको बताए । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कुन पनि नेतासँग भेट गरेनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय रेलमन्त्रीले आइतबार भेट गरेका थिए । भेटमा राष्ट्रपति भण्डारीले नेपाल-भारतबीच नङमासुजस्तो सम्बन्ध रहेको बताएकी थिइन् । ‘नेपाल-भारत सम्बन्ध नङ-मासुजस्तो हो । यो सम्बन्ध कसैले बिथोल्न/बिगार्न सक्दैन । दुई सरकारबीच भन्नुभन्दा नेपाल-भारत सम्बन्ध एउटै परिवारजस्तो हो', राष्ट्रपतिलाई उद्धृत गर्दै भारतीय दूतावासले जनाएको छ । भारतीय रेलमन्त्रीले नेपालको विकासमा भारत महत्ववपूर्ण साझेदार हुन चाहेको बताए ।

भारतीय रेलमन्त्रीले नेपालका राजनीतिक दलको सहमतिमा सब पक्षको भावना समेटेर संविधान संशोधन होस् भन्ने भारतीय चाहना

प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भारतीय रेलमन्त्रीले सोमबार भेट गरे । प्रधानमन्त्री दाहाल र भारतीय रेलमन्त्रीबीच विभिन्न पूर्वाधार परियोजनामा भारतीय लगानी, जलवायु परिवर्तन र परियोजना अनुगमन संयन्त्रसम्बन्धमा छलफल भएको दूतावासले जनाएको छ । भारतीय रेलमन्त्रीले नेपालको पूर्वाधार विकासमा भारतको सहयोग रहने विश्वास दिलाए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्व-पश्चिम रेलमार्ग निर्माणमा सहयोग गर्न भारतीय रेलमन्त्रीसँग आग्रह गरे । भारतीय रेलमन्त्रीले नेपालको पूर्व-पश्चिम रेल पूर्वाधार निर्माणमा सहयोग गर्न भारत तयार रहेको बताए । भेटवार्तामा सीमापार रेल परियोजना, हुलाकी सडक निर्माण, अन्तरदेशीय प्रसारण लाइन र हवाई सम्पर्क विस्तारबारे विस्तृत छलफल भएको थियो ।

नेपाल-भारतबीच निर्माणाधीन जयनगर-बिजलपुरा-बर्दिबास र जोगबनी-विराटनगर सीमापार रेल परियोजनाको समीक्षा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । काँकडभिट्टा-न्यू जलपाइगुडी र भैरहवा-नौतनवा सीमापार रेल निर्माण शीघ्र थाल्ने विषयमा नेपाल-भारत दुवै सहमत भएका छन् ।

भारतीय रेलमन्त्रीले पर्यटनमन्त्री जीवनबहादुर शाही, ऊर्जामन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरे । उनले पशुपतिनाथको दर्शन पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.