‘एक सय जोडी समलिङ्गी विवाह गर्न चाहन्छन्’

‘एक सय जोडी समलिङ्गी विवाह गर्न चाहन्छन्’

विराटनगरः नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गीले औपचारिक रुपमा विवाह गरेर बस्ने चाहना गरेका छन्। तर, कानुनको अभावमा उनीहरुले विवाह गर्न पाउने अवस्था विराटनगरमा मंगलबार निल हिरा समाज र परिवर्तशील समाजले अयोाजना गरेको अन्तरक्रिया कार्यक्रममा एक सय जोडी समलिंगी विवाहको प्रतिक्षामा रहेको जानकारी दिए।

निलहिरा सामाजका सञ्चार अधिकृत माधव दुलालले संस्थागत रुपमा जानकारी गराएर एक सय जोडी समलिंगीले विवाह गर्न चाहेको जानकारी दिए। उनले भने,‘सर्वोच्च अदालतले लिभिङ टुगेदरको विषयमा उमेर पुगेकाले बस्न पाउने फैसला गरेकोले सँगै बस्न पाएका छन्। तर विवाहको अधिकार भने छैन।’

उमेर पुगेका व्यक्तिले सँगै बस्न पाउने भएजस्तै विवाह पनि गर्न पाउनु पर्ने समलिंगी तेस्रो लिंगी महिलाको माग रहेको परिवर्तनशील समाज विराटनगरकी अध्यक्ष मुस्कान श्रेष्ठले बताइन्। उनले भनिन्,‘पहिले नै नागरिकता लिएकाहरुका लागि नाम परिवर्तन गरेर लिन समस्या भइरहेको छ।’ उनले आयआर्जनका लागि स्थानीय निकायले बजेट दिएपनि सोचेजति काम हुन नसकेको बताइन्।

वृत्ति विकास र आयआर्यजनका लागि व्यवसायमुलक तालिमसमेत दिने गरिएको श्रेष्ठले जानकारी दिइन्। मोरङमा ११ हजार समलिंगी र तेस्रो लिंगी छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.