मधेसी मोर्चा सडक आन्दोलनमा : फेरि तराई अशान्त

मधेसी मोर्चा सडक आन्दोलनमा :  फेरि तराई अशान्त

वीरगन्ज : संविधान संशोधन नगरी सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चा मंगलबारदेखि फेरि सडक आन्दोलनमा उत्रिएको छ । मधेसका सबै जिल्ला सदरमुकाममा मधेसी मोर्चाले मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेर आन्दोलन सुरु गरेको हो ।

बुधबार आह्वान गरिएको मधेस बन्दलाई सफल पार्न मंगलबार साँझ मधेसी मोर्चाले मधेसका सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गरेको हो ।

वीरगन्ज र कलैयामा पनि मंगलबार साँझ मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गरेको छ । वीरगन्जको घन्टाघर चोकबाट निस्किएको मसाल जुलुस माईस्थान, आदर्शनगर हँुदै नगरका विभिन्न भाग परिक्रमा गरी पुनः घन्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसी दलसँग पटक–पटक धोका दिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि अहिले धोका दिएको बताए ।

मोर्चामा आबद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पनि वीरगन्जमा मंगलबार बिहानै प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेको छ । सद्भावना पार्टी पर्साका उपाध्यक्ष ईश्वर यादव नेतृत्वका नेता–कार्यकर्ताले घन्टाघर चोकमा सरकार र तीन दलविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहनपछि आयोजित कोणसभामा सद्भावना पार्टीका वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफले संशोधनविना सरकारले जबर्जस्ती चुनाव घोषणा गरी मुलुकमा फेरि मुठभेड निम्त्याउन खोजेको बताए ।

यस्तै, बाराको कलैयामा पनि मंगलबार बिहान मधेसी मोर्चाका कार्यकर्ताले टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सरकारले ३१ वैशाखमा स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेलगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

मोर्चाले बुधबार ११ गते मधेस बन्द गर्ने घोषणा पनि गरेको छ । बिहीबारदेखि १५ दिनसम्म गाउँ–गाउँमा भन्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने मोर्चाले जनाएको छ ।
स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नै नगरी अवैज्ञानिक, अधुरो र अपूरो प्रतिवेदनका आधारमा घोषणा गरिएको निर्वाचन मान्य नहुने मोर्चाको जिकिर छ ।


राजविराजमा पनि मसाल जुलुस प्रदर्शन
निर्वाचन मिति घोषणापछि आक्रोशित मधेसी मोर्चाले मंगलबार साँझ सदरमुकाम राजविराजका साथै जिल्लाका प्रमुख बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन नगरी स्थानीय निकायको निर्वाचन मिति घोषणा गरेको विरोधमा मोर्चाका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
स्थानीय महादेव मन्दिर प्रांगणबाट मसालसहित निक्लिएका प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै नगर परिक्रमापश्चात् सोही स्थानमा पुगी विरोधसभा गरेका थिए ।

महोत्तरीमा पनि प्रदर्शन
संविधान संशोधनलाई पाखा लगाएर सरकारले निर्वाचन मिति घोषणा गरेको विरोधमा मधेसी मोर्चाले मंगलबार महोत्तरी सदरमुकाम जलेश्वरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

सयांै संख्यामा उपस्थित मोर्चा नेता–कार्यकर्ताले मसाल बोकी महोत्तरीको सदरमुकाम जलेश्वर नगरपरिक्रमा गर्दै बुधबार महोत्तरी पूर्णरूपमा बन्द रहने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.