छिमेकी राष्ट्रबाट महाशिवरात्री मनाउन पशुपतिमा (फोटो फिचर)
काठमाडौं: शिवरात्री मनाउन पशुपतिनाथमा परिसरमा नागाबाबाहरुको चहलपहल सुरु भइसकेको छ। उनीहरु पशुपति मन्दिर परिसरमै बस्न थालिसकेका छन्।
विगुत घसेर बस्ने नागाबाबाहरु भक्तजनलाई आफूतिर बोलाई आशीर्वाद दिँदै भेटी माग्छन्। मन्दिर परिसर बाहिर धुनी जगाउँदै गाँजा तान्दै गरेका जोगी र साधु तथा सर्वसाधारण पनि भेटिएका छन्।
उनीहरु महाशिवरात्रिलाई उत्सवको रुपमा मनाउन भारत लगायतका विभिन्न देशबाट पशुपति आउने गरेका छन्। भारतबाट साधुसन्तहरु आउने क्रम जारी छ।
सातादेखि छिमेकी राष्ट्रबाट शिवरात्री मनाउन आएका बाबाहरुलाई पशुपति विकास कोष र अन्य संघसंस्थाले खाने बस्ने व्यवस्था गरेको छ।
तस्बिरहरु: रजेन्न्द्र केसी