राप्रपामा जित्ने कलाकारहरू

राप्रपामा जित्ने  कलाकारहरू

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा तीन जना चर्चित कलाकारले चुनाव जितेका छन् । बुधबार भएको केन्द्रीय सदस्यको मतगणनाअनुसार चुनाव जित्नेमा गायिका मीरा राणा, कोमल वली र नायिका रेखा थापा छन् । राणा र थापाले महिलातर्फ र वलीले खुलामा चुनाव जितेकी हुन् । महिला आरक्षण तर्फबाट १६ जनाका लागि भएको चुनावमा थापाले दोस्रो र राणाले तेस्रो स्थानमा जितेकी छन् ।

चुनावमा थापाले १६०३ र राणाले १५५२ मत प्राप्त गरिन् । खुला तर्फबाट वलीले १८५७ मत प्राप्त गरेकी छन् । त्यसैगरी, खुला तर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवार भएकी वलीले सर्वाधिक तेस्रो स्थानको मत प्राप्त गरेकी हुन् । महिलातर्फ भने उक्त पार्टीका सांसद कुन्ती शाहीले सबैभन्दा बढी मत ल्याएर चुनाव जितिन् । नायिका रेखा थापाले आफू कलाकारिता क्षेत्रमा रहे पनि राजनीतिबाट टाढा नभएको प्रतिक्रिया दिइन् ।

उनले अन्नपूर्णसँग भनिन्, ‘राजनीतिलाई नयाँं पुस्तामा ल्याउन पनि राप्रपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी हुँ ।’ उनले अन्य पार्टीमध्ये राप्रपा आफूलाई मन परेकाले रोजेको बताइन् । ‘अब राजनीतिमा नयाँं पुस्ता आउनुपर्छ त्यही भएर चुनावमा भाग लिएकी हुँँ’, उनले भनिन् ।

०७१ सालमा भएको चुनावमा मीरा राणा केन्द्रीय सदस्यको उम्मेदवार भएकी थिइन् । उनले त्यसबेला सबैभन्दा बढी भोट ल्याएर जित हासिल गरेकी हुन्। यसपटक पनि चुनाव जितेकोमा आफू खुुसी र उत्साहित भएको राणाले प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मैले देशभरबाट यसरी भोट पाउनुमा आधा सांगीतिक योगदानको प्रतिफल हो । राजनीतिमा आएको आठ वर्ष भयो । कलाकारिताबाट जनतामा पुग्थेँ । राजनीतिबाट पनि जनतामै पुग्ने हो ।’ उनले राजनीतिबाट जनतामा जाँंदा दुःख–सुख बाँडिने अनुभव सुनाइन् ।

उनले राजनीति देशको खम्बा भएकाले यसलाई बलियो बनाउनुपर्ने बताइन् । राजनीतिमा आए पनि कलाक्षेत्र भने छाड्न नसक्ने उनको भनाइ छ । उनले भनिन्, ‘पार्टीले जे जिम्मेवारी र आदेश दिन्छ त्यो निर्वाह गर्छु तर कलाक्षेत्र भने छाड्न सक्दिनँ ।’ राणाले आफ्नो क्षेत्रमा असर नपर्ने गरी सबै पेसा–व्यवसायका मानिसले राजनीति गर्नुपर्नेमा जोड दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.