एन्जेलिना जोली भन्छिन्- सम्बन्ध विच्छेदपछि मुस्किलले जिउँदैछु

एन्जेलिना जोली भन्छिन्- सम्बन्ध विच्छेदपछि मुस्किलले जिउँदैछु

हलिउडमा गोल्डेन कपलका रूपमा ख्याति कमाएका ब्राड पीड र एन्जेलिना जोलीको सम्बन्धविच्छेदले उनका फ्यान जति दुःखी भए वास्तविक जीवनमा आफूलाई त्यत्तिकै गाह्रो भइरहेको जोलीले खुलासा गरेकी छन् ।

लगभग एक दशकसम्म दाम्पत्य जीवन बिताएर गत वर्ष छुट्टिएका उनीहरूबारे आएका अनेकन अपवाहलाई कहिल्यै वास्ता गरेनन् । तर, पछिल्लो समय जोली सम्बन्धविच्छेदबारे खुलेर बोल्न थालेकी छन् । ‘मेरो सम्बन्धबारे धेरै बताउन चाहन्नँ तर यति भन्छु, यो समय मेरा लागि निकै मुस्किलले गुज्रिरहेको छ’, एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘हामी अलग भए पनि एक परिवारजस्तै हौं र त्यसरी नै रहिरहनेछौं ।’

सन २०१६ सेप्टेम्बरमा सहमतिमै सम्बन्धविच्छेदका लागि आफूले अदालतमा रिट दिएको पनि उनले स्पष्ट पारेकी छन् । ‘हामी अहिले अप्ठ्यारो समयबाट गुज्रिरहेका छौं तर यो समस्याबाट चाँडै निस्किन्छौं’, जोलीले भनेकी छन्, ‘हामी एउटा अशल परिवारका रूपमा उभिनेछौं ।’

व्यक्तिगत जीवन र कतिपय पारिवारिक प्रसंग गोप्य राख्न मन पराउने जोली पछिल्लो समय जोली सम्बन्धविच्छेदबारे खुलेर बोल्न थालेकी छन् ।

व्यक्तिगत जीवन र कतिपय पारिवारिक प्रसंग गोप्य राख्न मन पराउने जोली र पीटबीच सन् २००५ मा ‘मीस्टर एन्ड मीसेस स्मीथ’ को छायांकनका क्रममा पहिलो भेट भएको थियो । त्यसैबेलादेखि उनीहरूले रिलका लागि मात्र नभई रियल लाइफमा रोमान्स सुरु गरेका हुन् ।

लामो समय चलेको अफेयर्स र रोमान्सपछि उनीहरूले सन् २०१२ मा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट हुनु धेरै वर्ष अघिदेखि उनीहरू लिभिङ टुगेदरको सम्बन्धमा थिए । ब्राडले जोलीका लागि इन्गेजमेन्ट रीगं डिजाइन गराउन लगभग एक वर्ष लगाएको प्रसंगले पनि धेरै चर्चा पाएको थियो । जसमा उनले जोलीप्रति समर्पित छु भन्ने सन्देश दिन चाहेका थिए ।

इन्गेजमेन्ट भएको दुई वर्षपछि उनीहरूले फ्रान्समा आयोजित विशेष समारोहमा विवाह गरेका थिए । यो जोडीका आफ्नै र अपनाएका गरी ६ जना बच्चा छन् । सम्बन्धविच्छेदपछि सबै बच्चा जोलीसँग बस्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.