विपी राजमार्गमा घन्टाैं जाम, यात्रुलाई सास्ती

विपी राजमार्गमा घन्टाैं जाम, यात्रुलाई सास्ती

सिन्धुली: सुख्खा पहिरो गएर अवरुद्ध भएपछि डाइभर्सन निर्माण गरी मंगलबार बिहानबाट विपी राजमार्ग सञ्चालनमा ल्याइए पनि घन्टौंसम्म जाम हुन थालेपछि यात्रु मर्कामा परेका छन् ।सडको करिब ३० मिटर पिच सुख्खा पहिरोसँगै सुनकोसी नदीमा खसेपछि बनाइएको डाइभर्सन साँधुरो र कच्ची भएपछि सवारीसाधन ओहोरदोहोर गराउन घन्टौं समय लाग्ने गरेको हो ।

एकतर्फी मात्र सवारी सञ्चालन गरिएपछि दुवैतर्फका सवारीसाधन ओहोरदोहोर गराउन घन्टांै पालो कुर्नुपर्ने समस्या आएको यात्रु तथा यातायात व्यावसायीकोे गुनासो छ । एकपटकमा एकापट्टिको मात्र सवारीसाधन पास गर्नुपर्दा अर्कोपट्टिका सवारीसाधन जाम पर्छन् ।‘दैनिक सवारीसाधनको चाप बढ्दै गएपछि पालैपालो यात्रा गर्नुपर्छ’, यातायात व्यावसायी तिलक कार्कीले भने, ‘दोहोरो सवारी पास गराउन कम्तीमा एक घन्टा लाइनमा बस्नुपर्छ ।’

कार्कीका अनुसार दुवैतर्फ हजारौं सवारीसाधन लाइनमा हुन्छन् । उनीहरूलाई डाइभर्सन पार गर्न चार घन्टासम्म लाग्छ । हतारमा यात्रा गर्नेहरूलाई सास्ती भएको उनको भनाइ छ । विपी राजमार्गका यात्रु बाबुराम देवकोटाका अनुसार एकैपटक दुईतर्फी सवारीसाधन पास गराउने अवस्था नभएकाले पालो पर्खंदा घन्टौं समय लाग्ने गरेको छ । ‘लामो सयमसम्म सडक पार गर्न नसक्दा बिमारी र अत्यावश्यकीय सवारीसाधनलाई समस्या भएको छ । बिमारी लिएर काठमाडौं जाने आउने एम्बुलेन्स जाममा परेर बस्नु पर्दा थप जोखिम मोल्नुपर्ने अवस्था आएको छ’, उनले भने ।


सडक डिभिजनलाई यातायातका साधन दोहोरो सञ्चालन हुने गरी ट्र्याक खोल्न भने पनि काम सुरु नगरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पन्जियारले बताए ।

प्रहरीले दुवैतर्फबाट पालैपालो गरेर एकएकवटा सवारीसाधन मात्र पास गराउने गरेको छ । ठूला सवारीसाधनले पनि उक्त ट्र्याक प्रयोग गरेर सडक पार गर्न जबरजस्ती गरेपछि ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिएको प्रहरीले जनाएको छ । धेरै समय र खर्चभार बढी लाग्ने भएपछि ठूला सवारीसाधनले सिन्धुलीको खुर्कोट हुँदै रामेछापको मन्थली—पकरबास—सित्खाको वैकल्पिक सडक प्रयोग गर्न मानेका छैनन् ।

रातको समयमा सबै प्रकारका सवारीसाधनलाई आवतजावत गर्न रोक लगाइएपछि प्रायः दिउसोको समयमा यात्रा गर्नेहरूको चापका कारण सडक घन्टौं जाम भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक रामेश्वर राउतले जनाए । ‘आफ्नै खुसीमा सवारीसाधन छोड्दा दुर्घट्ना हुन सक्ने भएकाले व्यवस्थापन गर्दा लामो समय लाग्ने गरेको छ’, उनले थपे ।

सडक डिभिजन कार्यालय खुर्कोटले खुर्कोट—नेपाल थोक खण्डअन्तर्गत शीतलपाटी गाविस ९ त्रिवेणी घटमा पहिरो गएपछि झन्डै दुई किलोमिटर वैकल्पिक ट्र्याक निर्माण गरी मंगलबार बिहानबाट अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको थियो । उक्त ट्र्याक जोखिमयुक्त मान्निछ । सडक डिभिजनलाई यातायातका साधन दोहोरो सञ्चालन हुने गरी ट्र्याक खोल्न भने पनि काम सुरु नगरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पन्जियारले बताए ।

उनका अनुसार सडक भत्केकै स्थानबाट भित्तो कोपेर एउटा ट्र्याक र हाल सञ्चालनमा ल्याइएको अर्को ट्र्याक सञ्चालनमा ल्याउन सके अहिले भएको जाम कम गर्न सकिन्छ । ‘एउटा ट्र्याकबाट आउने र अर्कोबाट जाने बनाउन सके घन्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता अन्त्य हुन्छ’, उनले भने, ‘यसका लागि सडक डिभिजन कार्यालयले सहयोग गरेन ।’ उता सडक भास्सिएकै स्थानमा अर्को ट्र्याक निर्माण गर्ने विषयमा प्राविधिक मूल्यांकन नगरी सम्भव नरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.