ललितपुरमा प्रतिस्थापन कला
काठमाडौंः कुुनै समय पानीले भरिएको काठमाडौंमा यतिबेला पानीको हाहाकार छ । पानीकै नाममा यहाँका सडक खनिएको छ । धुुवाँ, धूलो, ध्वनि प्रदूषण यहाँको विशेषता बनेका छन् । मञ्जुु श्रीले पानी हटाएर बस्ती बसाएको काठमाडौंको प्राचीनतासँग वर्तमान क्षयीकरणसँग जोडेर जापानी कलाकार सुुन ओवादाले प्रतिस्थापन कला सिर्जना गरेका छन् । कुुनै वस्तुु मार्फत ‘थ्री डाइमेन्सनल’ चित्र प्रस्तुुत गर्ने कला प्रतिस्थापन कला हो ।
एक छेउमा माटोको पोखरीजस्तो बनाइएको छ, त्यहीमाथि मेवाको रूख ढलेको छ । पोखरीबाट तार जोडेर त्यसमा स्टिलको बाटा झुुन्ड्याइएको छ । सेन्सरको प्रयोग गरेर बाटाबाट आवाज निकालिएको छ । पोखरीको पानी जति सुुक्दै जाँन्छ, बाटाबाट ठूलो आवाज निस्कँदै गर्छ । कलाकार सुुनले काठमाडौंको पोखरीबाट सुुक्दै गएको पानीको माध्यमबाट काठमाडौंमा बढ्दै गएको जनघनत्वलाई संकेत गरेका छन् । जनघनत्व बढ्दै जाँदा बढेको ध्वनि प्रदूषण उनको प्रतिस्थापन कलामा देखिन्छ । सुुन र पाँचजना नेपाली कलाकारको प्रतिस्थापन कला अहिले ललितपुुरस्थित विकल्प आर्ट सेन्टरमा प्रदर्शन भइरहेको छ । सबै प्रतिस्थापन कलामा प्रविधि प्रयोग भएको छ ।
प्रदर्शनीका अर्र्का कलाकार हुुन्, सत्यशिला कसजू । अधिकांश युुवाजस्तै उनलाई पनि राजनीतिमा रुचि छैन रे । तर राजनीतिले हाम्रो दैनिकीमा असर गरिरहेको छ । हामी राजनीतिबाट सञ्चालित छौं । सत्यशिलाको लाइटबक्सले यही यथार्थ उजागर गर्छ । उनले लाइटबक्सलाई राजनीतिको केन्द्रबिन्दुुको रूपमा प्रस्तुुत गरेका छन् । यसबाट भित्ताभरि ‘पोलिटिक्स’ शब्द छरिएको देखिन्छ । राजनीति केन्द्रमा भएजस्तो देखिए पनि यसको असर चारैतिर हरेक विषयमा परिरहेको हुुन्छ भनेर देखाउन खोजिएको पाइन्छ ।
अर्का कलाकार हरिओम मेहताले मिथिला संस्कृतिलाई प्रतिस्थापन कलामा उतारेका छन् । मिथिलामा भाइपूजा गर्ने समयमा बनाइने अरिपण कलालाई उनले थ्रीडीमार्फत प्रस्तुुत गरेका छन् । भुुइँमा सेतो पिठोले रेखी हालेर बनाइएको सुुन्दर कलालाई माथिपट्टि डिजिटल देख्न पाइन्छ । मेहताले मिथिलामा मात्र रेखीमात्र बनाइने यो कलालाई थ्रीडीमार्फत धेरै माझ पुर्याउन खोजेका हुुन् ।
प्रदर्शनीस्थलमै एउटा टेबलमा सानासाना फ्रेम लामबद्ध गरेर राखिएको देखिन्छ । हरेक फ्रेममा कुुनै आकर्षक तस्बिरको साटो मान्छेको औंठाछाप छ । यसका सर्जक रवीन्द्रले यसमा मानिसको वैयक्तिक पहिचान र उनीहरूबीच रहेको भावनात्मक सम्बन्ध प्रस्तुुत गरेका छन् । रवीन्द्र भन्छन्, ‘फरकफरक मान्छे छन्, उनीहरूको व्यक्तिगत परिचय छ ।’ उनले मानिसको व्यक्तिगत परिचयको प्रमाणको रूपमा औंठाछाप देखाएका छन् । फरक भए पनि मानिसहरू भावनात्मक रूपमा जोडिएका छन् । उनको कलामा मुुटुुको आकृतिको फ्रेमभित्र दुुई औंठा पनि छन् । आफू र आफ्नी श्रीमतीको औंठाछापलाई भावनात्मक सम्बन्धको रूपमा देखाएको उनको धारणा छ । यही कला लिएर उनी विभिन्न देश पुुगिसकेका छन् । मार्च महिनामा अमेरिकाको हावर्डमा हुुने ‘साउथ एसियन इन्स्टिच्युुट भिजिटिङ आर्टिस्ट’ कार्यक्रममा जाँदैछन् ।
इन्जिनियर विनोद पंगेनीले आफ्नो कलामा काठमाडौंको समस्या देखाउन खोजेका छन् । भित्तामा पानी, फोहोर र यातायातको समस्या झल्किने तस्बिरहरू छन् । तस्बिरको अघिल्तिर पुुग्दा अल्ट्रासोनिक सेन्सरले क्रमशः पानी, फोहोर र सवारीसाधनको आवाज निकाल्छ । अर्का कलाकार महिमा सिंहले भूकम्पमा भत्किएको काष्ठमण्डप मन्दिरको विषयमा प्रतिस्थापन कला प्रस्तुुत गरेकी छन् । प्रदर्शनी एक हप्तासम्म सञ्चालन हुुनेछ ।