राजदूत नियुक्ति

राजदूत नियुक्ति

झन्डै तीन वर्षयता रिक्त विभिन्न १४ मुलुकमा सरकारले राजदूत नियुक्त गरेको छ । मुलुकको हित र उपस्थिति द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चमार्फत अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने राजदूत नियुक्ति नै नभएको अवस्थालाई सरकारको ‘टिठलाग्दो’ कूटनीतिको रूपमा हेर्न सकिन्छ । तर त्यो टिठलाग्दो परिस्थितिलाई जरुरी सम्बोधन गर्ने प्रयास गरेको छ सरकारले, त्यो बढी दुःखद र दयनीय छ ।

१४ राजदूतको नियुक्तिमा दलीय भागबन्डा र आफ्नालाई नियुक्ति गर्ने विगत एक दसकको कुसंस्कारलाई निरन्तरता दिइएको छ । तर त्यो प्रक्रियामा योग्यता, चरित्र, पात्रतालाई ग्राह्यता दिँदै राष्ट्रिय हित र स्वार्थलाई प्रोत्साहित दिन कुनै खास अभ्यास नियुक्तिकर्ता दलहरूले गरेको देखिँदैन । यति मात्र हैन, मुलुकका परराष्ट्रमन्त्रीले सरकारको र मुलुकको भन्दा बढी सम्बन्धित पार्टीका प्रतिनिधिका रूपमा आफूलाई प्रस्ततु गरे, यो समग्र प्रकरणमा ।

विभिन्न महत्वपूर्ण मुलुकहरूमा राजदूत नियुक्त गर्दा सधैं प्रशासनतन्त्रबाट या ‘करियर डिप्लोम्याट’ बाट छनोट गर्दा कूटनीतिक अभ्यास एक आयामी हुन सक्छ भन्ने मान्यता स्विकार्दै परिआउँदा विज्ञ र सम्बन्धित मुलुकलाई द्विपक्षीय या अन्तर्राष्ट्रिय सन्दर्भमा बुझ्नेहरूलाई पनि जिम्मेवारी दिने गरिन्छ । तर त्यसो गर्दा कूटनीतिक या प्रशासनिक तहलाई पूर्णतया निषेध गरिँदैन । एउटा निश्चित अनुपातमा ‘राजनीतिक’ नियुक्ति र कूटनीतिक तहबाट राजदूत नियुक्त गरिन्छ ।

तर दुर्भाग्य यसपटकको नियुक्तिमा १४ जना राजदूतहरू नै सत्ता गठबन्धन र तिनले पत्याएका राजनीतिक दलहरूमा या तिनका नेताहरूको झोलाबाट निस्किए । केही अपवादबाहेक विषयवस्तुको समझदारी, कूटनीतिक समझदारी र विज्ञता छैन उनीहरूमा । बरू, नियुक्तमध्ये केही मुनाफा बढी भएको व्यवसायसँग जोडिएकाले यो नियुक्तिलाई अरू ‘फ्याक्टर’ ले पनि प्रभावित गर्‍यो कि भन्ने स्वाभाविक अड्कलबाजी र अनुमान हुन थालेको छ ।

सामान्यतः राजनीतिक नियुक्तिमार्फत कूटनीतिक पद सम्हाल्नेहरूले नियुक्तिकर्ता सरकार सत्तामुक्त भएपछि पदबाट राजीनामा दिने अपेक्षा गरिन्छ । गठबन्धनका ठूला दुई दलबीचको सहमतिअनुसार चल्ने हो भने अगामी दुई महिनामा वर्तमान सरकारको आयु समाप्त हुनेछ । त्यो सहमति कार्यान्वयन भएको अवस्थामा नेपाली कांग्रेसको नेतृत्वको सरकार बन्नेछ । तर त्योभन्दा फरक समीकरण या नेतृत्वको सरकार बनेमा यी राजदूतहरू फिर्ता बोलाइने सम्भावना त्यत्तिकै प्रबल छ । त्यसको करियर डिप्लोम्याटलाई दुरुत्साहित गर्नु प्रत्युत्पादक सावित हुनेछ ।

वैदेशिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको हितलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णयमा सरकारको न्यून संवेदनशीलताको परिचायक हो यो नियुक्ति । यो नियुक्तिमा सामेल केही अपवादबाहेक सम्भवतः निर्देशन दिइनैपर्ने एउटा महत्वपूर्ण विषय छ ‘यदि राजदूतका रूपमा मुलुकको हित सुनिश्चित गर्न सक्तैनौ भने कमसेकम आफ्नो निजी व्यापार, स्वार्थ र दलीय स्वार्थ नहेर ।’ यो न्यूनतम नयाँ ‘महामहिम’ हरूले बुझिदिए भने निकट अतीतका केही कलंकित उदाहरण दोहोरिने छैनन् र नेपाल र नेपालीहरू बढी हेपिने छैनन् विदेशमा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.