दुर्इ झापाली समाजबीच एकता

दुर्इ झापाली समाजबीच एकता

युएई : एक वर्षदेखि अलग भएर काम गर्दै आएका झापाली समाज युएईका दुई संगठनबीच एकता भएको छ। झापाली समाज युएई एउटा काठमाडौँमा दर्ता भएको थियो भने अर्को झापामा दर्ता भएर काम गर्दै आएको थियो।

एकतासँगै काठमाडौंबाट दर्ता भएको झापाली समाज युएई खारेज भएको छ। झापामा दर्ता भएको समाजलाई मान्यता दिँदै एकता भएको हो । लामो समयदेखि एकताको चर्चा चलेपनि एकता हुन सकेको थिएन । गत हप्तामात्र दुई समूहबीच एकताका लागि भएको वार्ता सफल भएको हो।

महत्वपूर्ण तीन पदको मिलानमा एकता सम्भव भएको हो । दुई समाजको एकताले झापाबाट युएईमा पुगेर विभिन्न पेशा र व्यवसायमा संलग्न झापालीमा खुशी छाएको छ। एकताले सबैसामू सकारात्मक सन्देश गएको एकता कार्यक्रमका प्रमुख अतिथि एनआरएन प्रतिनिधि निष्चल दाहालले बताए।

कार्यक्रम नेपाली समाज युएईका अध्यक्ष सीपी सापकोटा, साहित्यकार निमेस गिरी, गोविन्द ढुङ्गाना, पत्रकार शेखर चापागईं साथै विभिन्न राजनीति र संघसंस्थाका प्रतिनिधि सहभागी थिए। कार्यक्रमको अध्यक्षता झापाली समाज युएईका अध्यक्ष रोहित भण्डारीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.