उड्ने सेल्फी क्यामराको विकास ! ( भिडियोसहित)
एजेन्सी: प्रविधिको विकास भएसँगै मोबाइलमा सेल्फीले आफ्नो मानिसको मनमा कब्जा जमाएको छ। अफिसमा, विवाहमा, पार्टीमा, साथीभाईसँग कहीकतै भेट भएमा वा आफूले घुमेको नयाँ ठाउँ देखाउन सेल्फीको प्रयोग गर्ने गरेका छन्।
हो, सेल्फीप्रति मानिसको मोहलाई झन आकर्षित गर्न हिड्दा हिड्दै सेल्फी लिन सकिने उड्ने क्यामराको विकास भएको छ।
अमेरिका र चीनका कम्पनी जिरोजिरो मिलेर उक्त क्यामरालाई बनाएको हो जसलाई कम्पनीलाई सेल्फी नाम दिएको छ। यसले मोबाइललाई राखेर उड्दै गरेको तस्बिर र भिडियो बनाउन मद्दत गर्नेछ। साथै कम्पनीले अब स्टिकबाट लिइने सेल्फीको झन्झट हट्ने दाबी गरेको छ।
हात वा शरीरको चालअनुसार मानिसको पहिचान
यो उड्ने फोन क्यामरा, मोबाइलसँग जोडिएर अनुहार आफै खोज्नेछ र आफ्नो नामबाट उडेर फोटो र भिडियो दुवै खिच्नेछ। यो क्यामरा सामसुङ वा आइफोनका मोबाइलहरु यो क्यामरामा अट्नेछन्। यसलाई पकेटमा पनि सजिलै राख्न सकिनेछ।
फोनबाट अलग गर्ने बित्तिक्कै यसको पंखा चल्न थाल्नेछ। हात वा शरीरको चाल अनुसार यसले सेल्फी खिच्न मद्दत गर्ने कम्पनीले जनाएको छ।