अब फेसबुक लाइभ भिडियोको बीचमा विज्ञापन
एजेन्सी: सर्वाधिक चर्चित सामाजिक सञ्जालको फेसबुकको लाइभ भिडियोमा चाडैं नै विज्ञापन देखिने भएको छ।
सामाजिक सञ्जालमा धेरै मानिसले एकै पटकमा हेर्न पाउन भएकाले फेसबुकले लाइभ भिडियोमा पनि विज्ञापन राख्ने भएको हो। अंग्रेजी अनलाइन संस्करण रिकोडमा प्रकाशित रिपोर्ट अनुसार फेसबुक टीभी विज्ञापनजस्तै लाइभ भिडियोमा विज्ञापन आउनेछ।
रिपोर्टमा भनिए अनुसार यसको परीक्षण अमेरिकी प्रकाशको एउटा छोटो समूहले गरिरहेका छन्। विज्ञापनबाट आएको कमाई प्रकाशक र फेसबुक मिलेर बाड्ने छ भने फेसबुकमा ४५ प्रतिशत राखिनेछ।
रिपोर्टमा भनिएको छ, 'यो प्रकाशकको लागि महत्वपूर्ण खबर हो। यसमध्ये फेसबुकमा भिडियो सेयर गरेपछि पहिला कमाइ हुँदैनथ्यो। तर अब फेसबुक लाइभ भिडियोमा विज्ञापन गरेर आर्जन गर्न सकिनेछ।'
लाइभ स्ट्रमिङको नयाँ नीति अनुसार पहिलो पटक लाइभ भिडियोमा करीब २० सेकेण्डपछि मात्रै विज्ञापन देखिनेछ भने दोस्रो पटकमा ४ मिनेटपछि देखाउनेछ।