बिमा संस्थान ५०औं वर्षमा

बिमा संस्थान ५०औं वर्षमा

काठमाडौः राष्ट्रिय बिमा संस्थान ५०औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बिमा संस्थानको सांगठनिक संरचनालाई संघीय ढाँचामा लैजान सुझाव दिएका छन् ।

बिमा संस्थान ५०औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा कार्यालय परिसरमा स्वर्णजयन्ती स्तम्भको आइतबार अनावरण गर्दै अर्थमन्त्री महराले उक्त कुरा बताएका हुन् । सरकारी स्वामित्वमा सञ्चालित बिमा संस्थानले ग्रामीण क्षेत्र तथा विदेश जाने नेपालीसमेतलाई समेटी पुँजीलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

बिमा व्यवसायलाई निजी क्षेत्रको तुलनामा बृहत्तर बनाई पुरानो वर्षको लेखा परीक्षण यथासक्य छिटो गर्न महराले आग्रह गरे । आन्तरिक पुँजी परिचालन र विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय बिमा संस्थान ५०औं वर्षमा प्रवेश गरेको अवसरमा स्वर्णजयन्ती स्मारक निर्माण भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.