ओस्कारमा सर्वोत्कृष्ट चलचित्रको नाम नै गलत घोषणा भएपछि...
एजेन्सी: हलिउड चलचित्रको सबैभन्दा ठूलो र सम्मानित एकेडेमी अवार्डको ८९ औं ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्रको नाम नै गलत घोषणा भएको छ। लस एन्जल्सको हलिउडमा रहेको डोल्बी थिएटरमा भएको भव्य समारोहमा अवार्ड घोषणा गर्न गएका वारेन बेट्टी र फायी युनावेले सर्वोत्कृष्ट चलचित्र मुनलाईटको ठाउँमा 'ला ला ल्याण्ड'को नाम घोषणा गरेका थिए। तर पछि गल्ति भएको भन्दै उनीहरुले मुनलाईटले जितेको बताएका थिए।
सबैभन्दा धेरै १४ विधामा मनोनयनमा परेको चलचित्र 'ला ला ल्याण्ड'लाई पछिपार्दै 'मुनलाइट' सर्वोत्कृष्ट चलचित्र बनेको हो।चलचित्र 'ला ला ल्याण्डले सर्वोत्कृष्ट निर्देशक तथा सर्वोत्कृष्ट अभिनेत्रीसहित ६ विधामा अवार्ड जित्न सफल भएको हो। यसअघि ओस्कारको इतिहासमा टाइटानिक, तथा 'अल अबाउट इभ'ले सबैभन्दा धेरै नोमिनेशन पाइसकेको छ।
यस्तै ला ला ल्याण्डकी एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने म्यानचेस्टर बाई द सीबाट केसी अफ्लेक सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। यस्तै ला ला ल्याण्डबाट डेमियन च्याजल सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् भने माहेर्शाल अलीले मुनलाइटबाट सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाएका हुन्।
कस्ले कुन अवार्ड जिते ?
सर्वोत्कृष्ट चलचित्रः मुनलाइट
सर्वोत्कृष्ट निर्देशकः डेमियन च्याजल (ला ला ल्याण्ड)
सर्वोत्कृष्ट अभिनेत्रीः एम्मा स्टोन (ला ला ल्याण्ड)
सर्वोत्कृष्ट अभिनेताः केसी अफ्लेक (म्यानचेस्टर बाई दि सि)
सर्वोत्कृष्ट सहअभिनेत्रीः विओला डेविस (फिन्सिस)
सर्वोत्कृष्ट सहअभिनेताः माहेर्शाल अली (मुनलाइट)
सर्वोत्कृष्ट ओरिजिनल स्क्रिन प्लेः केनेथ लनर्गन (म्यानचेस्टर बाई दि सि)
सर्वोत्कृष्ट एडप्टेड स्क्रिन प्लेः मुनलाइट
वेष्ट कस्ट्युम डिजाइनः कालिन एटवुड (फ्यान्टास्टिक बिट्स एण्ड ह्वेर टु फाइण्ड देम)
वेष्ट मेक-अप एण्ड हेयरस्टाइलिङः सुसाइड इस्क्वेडवेष्ट
डकुमेन्ट्री फिचरः ओजीः मेड इन अमेरिका
वेष्ट साउण्ड एडिटिङः सिल्वेन बेलेमार (अराइभल)
वेष्ट साउण्ड मिक्सिङः हाक्स रिजवेष्ट फरेन ल्याङग्वेज
फिल्मः द सेल्स म्यान (इरान)
वेष्ट एनिमेटेड सटः पाइपरवेष्ट एनिमेटेड
फिचरः जुटोपियावेष्ट प्रोडक्सन
डिजाइनः ला ला ल्याण्डवेष्ट
भिजुअल इफेक्ट्सः द जंगल बुक
वेष्ट फिल्म एडिटिङः जोन गिल्बर्ट (हाक्स रिज)
वेष्ट डकुमेन्ट्री सर्टः द ह्वाइट हेलमेट्स
वेष्ट लाइभ एक्सन सर्टः सिङ
वेष्ट सिनेम्याटोग्राफीः लिनुस सान्ड्ग्रेन (ला ला ल्याण्ड)
वेष्ट ओरिजिनल स्कोरः जस्टिन हुर्विट्ज (ला ला ल्याण्ड)
वेष्ट ओरिजिनल सङः सिटी अफ स्टारस् (ला ला ल्याण्ड)