शरणार्थी उपर तीन हजार पाँच सय आक्रमण

शरणार्थी उपर तीन हजार पाँच सय आक्रमण

बर्लिन: जर्मनीमा प्रकाशित एक नयाँ प्रतिवेदन अनुसार शरणार्थी तथा उनीहरु बसोवास गरिरहेका शरणार्थी शिविरहरुमा सन् २०१६ मा तीन हजार पाँच सय भन्दा बढी आक्रमणका घटना भएका पुरानो र विश्वसनीय मानिएको स्थानीय समाचार पत्र डचे बेलेले जनाएको छ।

जर्मनीको गृह मन्त्रालयद्वारा प्रकाशित एक प्रारम्भिक प्रतिवेदन अनुसार दुई हजार ५४५ आप्रवासीमाथि व्यक्तिगत रुपमा आक्रमण भएको थियो।त्यसैगरी आप्रवासी तथा शरणार्थी बस्ने शिविरमा ९८८ आक्रमणका घटना र शरणार्थी व्यवस्थापन गर्ने सङ्गठनहरु वा स्वयम्सेवक उपर २१७ वटा आक्रमणका घटना भएका थिए।

यस्ता आक्रमणमा परी ४३ जना बालबालिकासहित पाँचसय ६० व्यक्ति घाइते भएका पनि सो प्रतिवेदनमा जनाइएको छ। जर्मनीमा शरणार्थी सुरक्षा फितलो भएको सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमै बारम्बार बहस र बादविवाद उत्पन्न हुने गरेका छन्।

यस्ता आक्रमणका घटना बरम्बार दोहोरिइ रहँदा शरणार्थी सुरक्षाको मामिलामा देशकै क्षमताबारे प्रश्न चिन्ह्र खडा भएको छ। आफ्नो मुलुकमा शरणार्थी तथा आप्रवासीको आकासिँदै गरेको सङ्ख्या कटौती गर्नमा जर्मनी सङ्घर्षरत छ।

शरणार्थी तथा आप्रवासीहरुलाई सजिलै स्वीकार गरी आफ्नो मुलुकभित्र निर्वाध प्रवेश, डुलफिर र काम गर्न समेत दिइने विगतका उदार नीति र नियम हाल जर्मनीलाई घाँडो सरह भएको छ।

शरणार्थी तथा आप्रवासीको भेषमा आतङ्कवादीहरु सजिलै प्रवेश गरेर एकत्रित भई राष्ट्रकै सुरक्षा व्यवस्थालाई चुनौती दिने हुन् कि भन्ने भय पनि उत्तिकै व्याप्त रहेको छ।

यिनै कारणले गर्दा आगामी सेप्टेम्बर महिनामा सम्पन्न हुन गइरहेको सङ्घीय आम निर्वाचनमा आफ्नो पार्टीले जनविश्वास गुमाउनु नपरोस् भन्ने मनसायले जर्मनीमा शरणार्थी तथा आप्रवासीको मामिलामा सत्तारुढ दलले उच्च संवेदनशीलतापूर्वक कदम अघि बढाइरहेको जनाइएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.