मरुभूमीमा स्वर्गजस्तो शहर (फोटोफिचर)

मरुभूमीमा स्वर्गजस्तो शहर (फोटोफिचर)

एजेन्सी: हामी रेगिस्तानको नाम सुन्‍नेबित्तिक्कै बालुवै वालुवाको ठाउँ भनेर सम्झिन्छौ। तर सभ्यताको विकाससँगै मरुभूमिमा पनि हरियाली शहरको विकास गरिएको छ। दक्षिण पेरुमा रहेको यो ठाउँ रेगिस्थानको बीच मरुभूमिमा पर्दछ जहाँ पानीको सुविधा र हरियाली रुखविरुवाले ढाकिएको छ।

रेगिस्थानमा बसाइएको यो शहरको नाम हुआकाचाइना राखिएको छ।यो साउथ अमेरिकाको आइका रेगिस्थानमा रहेको छ। यो शहर पेरुबाट करीब ३५० किलोमिटर टाढा रहेको छ। यो शहरमा पुग्‍न पेरुको राजधानी लीमादेखि १० मिनेट मात्रै लाग्छ।

हरियाली र पानीको अथाह सुविधाले पर्यटकहरु यहाँ सनसेट हेर्न आउने गर्दछन्। करीब २ सय मीटरको क्षेत्रफलमा फैलिएको यो शहरमा संसारको सबै सुविधाहरु (खाना, रक्सी, परिकार, स्विमिङ, सपिङ मल आदि) छन्।

तर यो शहरमा एक पटकमा सय जना मात्र बस्‍ने गर्दछन् जो त्यहाँका नागरिक हुन्। धेरै मात्रामा पर्यटक घुम्‍न आउने हुनाले यहाँका अधिकांश मानिस पर्यटन व्यावसाय नै गर्ने गर्दछन्।

यहाँ पर्यटकलाई घुमाउनका लागि बग्थी राइडदेखि बोटिङसम्‍मको व्यवस्था गरिएको छ। पर्यटकीय नगरीका हिसाबले यो शहर उर्पयुक्त भएकाले विदेशी पर्यटहरुले गन्तव्‍य बनाउने गरेका छन्।

यो शहरको बीचमा एउटा सुन्दर ताल बनाएको छ जहा वर्षभरि नै पानी भरीभराउ रहेको हुन्छ। यो शहर सन् १९४०मा धेरै प्रसिद्ध भइसकेको हो किनकी उक्त समयमा यहाँका राजा तथा शेख त्यहाँ घुम्न आउने गर्दथे। तर सन् १९९० पछि आमजनताका लागि खुल्ला भएपछि सांस्कृतिक सम्पदाको रुपमा परिणत भयो। यो शहरमा पेरुकै रुपैयालाई मान्यता दिइएको छ। ( एजेन्सीको सहयोगमा )

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.