अफगानिस्तान कुनै देशको लागि खतरा होइनः घानी

अफगानिस्तान कुनै देशको लागि खतरा होइनः घानी

काबुलः अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले आफ्नो देश एक स्वतन्त्र राष्ट्र भएको र अरू कुनै राष्ट्रको विरुद्ध प्रयोग नहुने बताएका छन् ।

काबुल सैनिक विमानस्थलमा राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा बलद्वारा सोमबार आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै घानीले भने, ‘हाम्रो देश एक स्वतन्त्र राष्ट्र थियो, छ र सदाका लागि स्वतन्त्र नै रहने छ । यो विश्वका अन्य कुनै देशका लागि खतराका रूपमा कदापि रहँदैन ।' उनको भनाइ पाकिस्तानप्रति पनि लक्षित थियो ।

अफगानिस्तान सधैँभरी मार काट, हिंसा, हत्या, युद्ध, विष्फोट, विद्रोहै विद्रोहले आक्रान्त मुलुक हो । राजालाई विद्रोह गरी हटाइएपछि अफगानिस्तानले हत्या हिंसा र युद्ध व्यहोर्न बाध्य भएको छ । एक नयाँ उत्साह र अठोटका साथ राष्ट्रपति घानीले अफगानिस्तानमा शान्ति कायम गर्न ताहेको बताए । उनले भने, ‘विदेशी हस्तक्षेप र चलखेलले नै यो राष्ट्रमा सशस्त्र विद्रोह र अशान्ति निम्त्याएको हो । जसले अफगानिस्तानलाई युद्धभूमिमा परिणत गर्ने सपना देख्छन्, अब तिनीहरूले आ-आफ्नो चिहान पुग्ने सपना देखे हुन्छ । यस्तालाई हाम्रो अग्रिम समवेदना छ ।'

मुलुकको उत्तरी कुन्दुज प्रान्तको मौलावी सलामलाई तालिवान लडाकुहरूले लामो समयसम्म कब्जामा लिई छायाँ सरकार समेत चलाएका थिए । हालसालै मात्र अफगान राष्ट्रिय सेनाले तालिवान विद्रोहीलाई परास्त गरी त्यहाँ सरकारको बलियो उपस्थिति देखाउन सेना सफल भएको छ । सेनाको आक्रमणपछि त्यहाँ विद्रोहीले टाउको उठाउने हिम्मत गर्न नसकेको घानीको दाबी थियो ।

यसलाई राष्ट्रिय सेनाको एक ठोस उपलब्धिको रूपमा प्रस्तुत गर्दै आफ्नो ज्यान हत्केलामा लिई सशस्त्र विद्रोहीविरुद्ध एकनासले लडेर देशलाई बचाइराखेको भन्दै उनले अफगानिस्तानको राष्ट्रिय सेनाको उत्साह र बहादुरीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले भने, ‘अब हामी अफगानिस्तानलाई स्थिर, शान्तिपूर्ण र समुन्नत राष्ट्रको रूपमा पुनःनिर्माण गर्नेछौं', राष्ट्रपति घानीले भने ।

पाकिस्तानमा आतंक मचाउँदै आएका विद्रोहीलाई भारतको सहयोगमा अफगानिस्तानले सहयोग गर्दै आएको पाकिस्तानी आरोप छ । गत साता पाकिस्तानी सेना प्रमुख कमर बाजवाले पाकिस्तानमा हुने आतंकवादी क्रियाकलापमा भारतको भूमिका रहेको बताएका थिए । पाकिस्तानले भारतीय गुप्तचर संस्थाले अफगानिस्तानी सरकारसँग मिलेर पाकिस्तानमा आतंकवाद मचाएको आरोप लगाउँदै आएको छ ।

यसै विषयलाई लिएर पाकिस्तानले अफगानिस्तानलाई भारतको सहयोगी बनेर छिमेकीमाथि आतंकवादलाई प्र श्रय दिएको आरोप लगाउँदै आएको छ । हालै पाकिस्तानी सेनाले अफगानिस्तानी सीमाक्षेत्रमा कडा कारबाही सुरु गरेको छ । उक्त आक्रमणमा थुप्रै विद्रोही घाइते भएको र उनीहरूको आ श्रयस्थल ध्वस्त पारेको पाकिस्तानी सेनाले खुलासा गरेको छ ।

उनीहरू लस्कर-ए-इस्लाम र आइएससँग सम्बद्ध रहेको दाबी गरिएको छ । अफगानिस्तानसँगको सीमामा रहेका तुर्खम र चमन प्रवेश नाका पाकिस्तानले बन्द गरिदिएको छ । सीमा क्षेत्रमा शंकास्पद अफगान नागरिकलाई देख्नासाथ गोली हान्ने आदेश पाकिस्तानी सेनाले दिएको छ । केही समययता पाकिस्तान र अफगानिस्तानबीच यातायात र व्यापारमा अवरोध खडा गरिन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.