नदीको पानीबाट सुन निकालेर जिविकोपार्जन !
एजेन्सी: नदीको पानीमा सुन पाइन्छ भन्दा के तपाई पत्याउनुहुन्छ? तर भारतको एउटा यस्तो नदी छ जहाँ पहाड र वनस्पतिको मिश्रणले विज्ञानलाई चकित पार्दै सुन पाइरहेको छ। झारखण्डको रत्नगर्भ क्षेत्रबाट निष्कने स्वर्णरेखा नदीमा त्यहाँका आदिवासीहरु सुनको आशमा विहानदेखि बेलुकासम्म पानी छान्ने कामम व्यस्त देखिन्छन्।
उनीहरुले स्वर्ण रेखा नदीलाई नन्दा नामको पुकार्ने गर्दछन्। उक्त नदीको पानीमा सुनको कण मिसिएो हुनाले दिनभरी उनीहरुले छान्ने गर्दछन्। छानेको सबै कण जम्मा गरेर उनीहरुले बेचेर जिविका गुजार्ने गर्दछन्।
यो नदीमा सुनको कणहरु भेटिने भएकाले यहाँ आदिवासीहरुले नदीको नाम नै स्वर्ण रेखा राखिदिएका हुन्। उनीहरुका अनुसार यो नदीमा सुन कसरी आउँछ भनेर धेरै पटक सरकारी टोलीले अनुसन्धान गरेपनि कुनै वैज्ञानिक तथ्य फेला पर्न सकेको छैन।