‘विप्लव' को राजनीति

‘विप्लव' को राजनीति

क्रान्तिको आवरणमा ‘दलाल' राजनीतिको प्रक्षेपण भएको मान्नेहरू अहिले धेरै छन् मुलुकमा । समकालीन राजनीतिलाई नजिकबाट देखेका, भोगेका र त्यसबाट मुलुकको सार्वभौम हैसियत, स्वाभिमान र स्थायित्वमा पुगेको खतरा देखेर राजनीतिज्ञप्रति नकारात्मक धारणा बनाएका अधिकांश नेपाली ‘क्रान्ति', ‘जनयुद्ध' र ‘अग्रगमन' जस्ता उनीहरूलाई झुक्याउनका लागि ‘गोयवल' शैलीमा या प्रोपागन्डाका रूपमा प्रयोग गरिएका शब्दहरू भएको अर्थ निकालेका छन् । संक्षेपमा ‘क्रान्तिकारी' र प्राय सबै दलका नेतृत्वले विश्वसनीयता गुमाएका छन् ।

त्यस्तो पृष्ठभूमिमा ०५२ सालमा माओवादी सशस्त्र विद्रोह सुरु भएलगतै चार वर्षअघि या माओवादी हेटौंडा सम्मेलनसम्म पुष्पकमल दाहाल—बाबुराम नेतृत्वसँगै सहकार्य गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव' ले अहिले फरक पार्टी बनाएका छन् । परेमा फेरि बन्दुक उठाउने घोषणा गरेका छन् । नेपालको वर्तमान संविधानले एक किसिमले हतियार र हिंसाको राजनीतिलाई वैधानिकता दिएको छ, तर अर्कोतिर जनताको नजरमा र भोगाइमा त्यो प्रत्युत्पादक बनिसकेको छ ।

सशस्त्र विद्रोह सुरु भएदेखि दिल्लीमा भएको बाह्रबुँदेमार्फत बिर्सजन भएको माओवादी आन्दोलनको नेतृत्वपंक्तिमा रहेका विप्लवले त्यस आन्दोलनका विकृति र त्यसबाट भित्र्याइएका अनेक विकृति र बाह्य हस्तक्षेपप्रति जिम्मेवारी नलिई जनताको विश्वास जित्न सक्ने छैनन् । किनकि ‘क्रान्ति' का अगुवाहरूबाट मुलुक र जनता ठगिएको छ ।

अर्कोतिर विप्लवले आफूलाई सीके राउतसँग तुलना नगर्न पनि चेतावनी दिएका छन् राज्यका शक्तिहरूलाई । हो, विप्लवले राउतजसरी मुलुकको विखण्डन र अर्को पक्षविरुद्ध घृणाका अभियान चलाएका छैनन् । तर जातीयताको तथा अनियन्त्रित पहिचानको राजनीति अनि कुनै जमानामा आत्मनिर्णयको अधिकारको माग उठाउने काम माओवादीले नै गरेकोले त्यस्ता प्रसंगहरू कोट्याइएका हुन सक्छन् ।

त्यसबारे आगामी दिनमा विप्लवका गतिविधि र अभिव्यक्तिले उनको नयाँ राजनीतिको परिचय खोल्दै जाला जनतासमक्ष । तर तत्काल केही आसा र अविश्वासका साथ आम जनताले विप्लव र उनको दललाई परीक्षणकालमा राख्ने छन्, तर उनीप्रति विश्वास गरिहाल्ने छैनन् ।

बन्दुक उठाउनुले मात्र क्रान्ति र परिवर्तन संस्थागत हुँदैन । त्यस अर्थमा विप्लवको भोगाइ शीर्ष माओवादी नेतृत्व अरूभन्दा फरक छ । र त्यो ‘फरकपन' भित्र कसरी उनले नेपाली राष्ट्रियताको जगेर्ना तथा जनताको स्वाभिमान संरक्षण गर्छन्, त्यसले उनको राजनीतिलाई प्रभावित गर्ने छ । तर हिंसाको राजनीतिलाई नेपालमा अब जनताले स्वीकार्ने या बन्दुके नेताको पछि लाग्ने सम्भावना अत्यन्तै न्यून छ ।

‘उग्र नारा' बीच विदेशी शक्तिहरूले आफ्नो उपस्थिति सुनिश्चित गर्दा रहेछन् भन्ने स्पष्ट भइसकेकोले ‘क्रान्ति' र ‘क्रान्तिकारी' अपहेलित भएका छन् । यो पाठलाई सकारात्मक रूपमा लिएर विप्लवले केही रचनात्मक कार्यक्रम तथा ‘राजनीति' प्रतिपादन गरेमा यसले एउटा सुखद् ‘विकल्प' जनतासामु पुर्‍याउन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.