‘नाकाबन्दीले शान्ति वार्तामा समस्या'

 ‘नाकाबन्दीले शान्ति वार्तामा समस्या'

विस्केक किर्गिजस्तानः सिरियाली वर्तमान प्रशासनलाई चिढाउने गरी लगाइने नयाँ नाकाबन्दीले सिरियाली नेतृत्वलाई शान्तिवार्ताप्रति कम जिम्मेवार बनाउने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार बताएका छन् ।

उनले यदि थप नाकाबन्दी लगाइने हो भने सिरियाली प्रशासनले यसलाई कम महत्व दिनसक्ने भएकाले सिरिया द्वन्द्व अन्त्यका लागि तगारो बन्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सिरियाको विषयमा आएका मुद्दाहरूबारे बोल्नुहुदै राष्ट्रपति पुटिनले किर्गिजस्तानमा आयोजित पत्रकार सम्मेलनमा बताए । उजले भने, ‘सिरियाली नेतृत्वविरुद्ध लक्षित गरी नाकाबन्दी लगाइनु मेरो विचारमा पूर्णतया गलत हुनेछ ।'

रूस र संयुक्त राज्य अमेरिकाबीच राष्ट्रसंघीय सुरक्षा परिषद्मा सिरियाको विषयमा आएका मुद्दाहरूमा परस्पर विरोधी धारणा आएपछि रूसद्वारा सुरक्षा परिषद्मा प्रस्तुत आर्थिक नाकाबन्दीसम्बन्धी संकल्प प्रस्तावमा भिटो शक्तिको प्रयोग गर्ने तयारी गरिरहेको छ । रूस र संयुक्त राज्य अमेरिकाबीच सुरक्षा परिषद्मा सिरियाका विषयमा विवाद देखिएको हो ।

सिरिया र रूसबीच लामो समयदेखि निकटता रहेको र सिरियाली प्रतिपक्षी विद्रोहीद्वारा जारी द्वन्द्वमा मस्कोले वर्तमान बसर अल असद प्रशासनलाई सहयोग गर्दै आएको छ ।

‘यसले वार्ता प्रक्रियामा सहज बन्नसक्ने विषयलाई विवादतिर लाने र यसले वार्ताका लागि बनेको माहोललाई हस्तक्षेप वा बेवास्ता गरिदिन सक्छ', रूसी राष्ट्रपति पुटिनले भने । रूसले सिरियामाथि नयाँ नाकाबन्दी लगाउने विषयलाई समर्थन नगर्ने पनि पुटिनले स्पष्ट पारे ।

सुरक्षा परिषद्मा मंगलबार अमेरिका, बेलायत र फ्रान्सद्वारा तयार पारिएको संकल्प प्रस्तावमाथि मतदान हुने कार्यक्रम छ । प्रस्तावमा ११ सिरियाली नागरिक लगायत १० संघसंस्था, जसको सन् २०१४ र सन् २०१५ मा भएका भनिएका रासायनिक आक्रमणमा संलग्नता भएको बताइँदै आएको थियो । उनीहरुविरुद्ध कारबाहीलगायतका विषय समावेश हुनेछन् ।

रूसले उक्त प्रस्तावविरुद्ध भिटो प्रयोग गर्ने जनाइसकेको छ । यो सिरियाली वर्तमान राष्ट्रपति असदको पक्षमा गरिने सातौं भिटो हुनेछ । रूसले यसअघि ६ पटक वर्तमान प्रशासनलाई संरक्षण दिँदै सुरक्षा परिषद्मा आफ्नो भिटोको प्रयोग गरिसकेको छ ।

स्मरणीय कुरा के छ भने राष्ट्रसंघको नेतृत्वमा जेनेभामा सिरियाली प्रशासन र विद्रोहीबीच वार्ता चलिरहेको छ । वार्ताले सिरियाली द्वन्द्व अन्त्यका लागि सफलता पाउने अपेक्षा गरिएको छ ।

सिरियाली द्वन्द्वमा सैन्य हस्तक्षेपद्वारा पुटिन प्रशासनले असदको पक्षमा जनमत सिर्जना गर्न सघाएको छ । पुटिनकै शब्दमा पछिल्लो समय स्विजरल्यान्डमा भइरहेको वार्ता जति सहज हुने आशा गरिएको थियो त्यति सहज बनेको छैन ।

रूसी प्रतिनिधिमण्डलले बुधबार सिरियाली सरकारी उच्च वार्ता टोली र प्रमुख प्रतिपक्षी समूहका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ । —रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.