लोकगीतलाई छोड्दिनँ

लोकगीतलाई छोड्दिनँ

पाल्पामा लोकगीत गाउँदै हुर्किएकी अञ्जना सारुमगरले भर्खरै इमेज लोक कलाकारको उपाधि जितेकी छन् । दुई वर्षअघि संगीत पढ्नकै लागि पाल्पाबाट काठमाडौं आएकी उनी ललितकला क्याम्पसमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् । इमेज टेलिभिजनमा प्रसारण भएको लोकगीत रियालिटी शोको विजेता अञ्जनासँग विनीता मरहट्टाले गरेको कुराकानी

इमेज लोक कलाकारसम्म कसरी पुग्नुभयो ?
पहिलेदेखि संगीतमा रुचि थियो । कम्पिटिसनहरू कहाँ हुन्छ भनेर खोज्थेँ । इमेजमा स्टेज फर्फरमेन्स हुँदैछ भन्ने थाहा पाएँ । त्यहीँ गएर फर्म भरेँ ।


गीत कहिलेदेखि गाउन थाल्नुभयो ?
रुचि सानैदेखि थियो । तर परिवारबाहेक कसैलाई थाहा दिएकी थिइनँ । विद्यालयमा वा अन्त कतै कार्यक्रम हुँदा कहिल्यै भाग लिइनँ । अहिले विनर भएपछि सबैले थाहा पाए ।


लोकगीतमा रुचि कसरी ?
गाउँमा लोकभाखा नै चल्छ । त्यही सुनेर मलाई पनि यसमै रुचि बढ्यो ।


यो सफलता कल्पना गर्नुभएको थियो ?
पाल्पामा हुँदासम्म सोचेकै थिइनँ । सोच्ने कुरा पनि आएन ।

स्टेज पर्फरमेन्सको अनुभव कस्तो रह्यो ?
अडियन्सको अगाडि पुग्दा डर, अप्ठ्यारो लाग्दो रैछ ।

लोकगीत नै किन ?
हाम्रो संस्कृति हराउँदै गइरहेको छ । कोही न कोही त जिम्मेवार हुनै पर्‍यो ।

लोकगीत गाउन संगीत पढ्नुपर्छ र ?
पढ्यो भने सुरताल चिनेर गाउन सकिन्छ । लोकगीतमा आफ्नै किसिमको मिठास हुन्छ । संगीतको ज्ञान भए त्यसमा झनै मिठास भर्न सकिन्छ । संगीत सिकेपछि धेरै सजिलो हुँदो रहेछ ।

लोकगीतबाहेक अरू गीत नगाउने ?
गाउँदिन नै भन्न त सक्दिनँ, तर लोकगीतलाई छोड्दिनँ ।

लोकगीतमा देखिएको छाडापनलाई कम गर्न तपाईंजस्ता बुझेका संगीतकर्मीको भूमिका के हुन्छ ?
अग्रज कलाकारलाई डोमिनेट गर्न मिल्दैन । अडियन्सको अगाडि राम्रोसँग प्रस्तुत हुन राम्रै गीत चाहिन्छ ।

लोकगीतको क्षेत्रमा कस्तो परिवर्तन ल्याउन चाहनुहुन्छ ?
परिवर्तनभन्दा पनि आफूले सक्ने जति गर्छु । पुराना लोकगीतलाई अगाडि ल्याउँछु । अडियन्सको रुचिलाई पनि ध्यानमा राख्नुपर्छ । मौलिकता जोगाउने प्रयास गर्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.